सोमबार, ०७ पुष २०८२

तृत्व चयनपछि पनि गुटगत भेला आयोजना गरिनु गलत हो, यसले पार्टी कमजोर बनाउँछ : राजेन्द्र गौतम

काठमाडौं :नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य राजेन्द्र गौतमले गुटगत भेलाले पार्टीलाई कमजोर बनाउने बताएका छन्। स्वस्थ प्रतिस्पर्धापछि नतिजा आइसकेको अवस्थामा ‘धन्यवाद’ का नाममा पुनः भेला गर्नु उपयुक्त नहुने उनको भनाइ छ। यसले पार्टीभित्र विभाजनको खतरा बढाउने उनले चेतावनी दिए। महाधिवेशनमा पराजित ईश्वर पोखरेल नेतृत्वको टिमले कार्की ब्याङ्केटमा धन्यवाद भेला लक्षित उनले टिप्पोणी गरेका हुन् ।

प्रेस चौतारी नेपालले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै गौतमले देश अहिले गम्भीर भू–राजनीतिक प्रभावको जोखिममा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा नेकपा एमालेको नेतृत्व साझा, समावेशी र सबैको हुनुपर्ने आवश्यकता औंल्याए। नेतृत्व कुनै टिम वा गुटको ट्यागमा सीमित हुन नहुने र सबैलाई समेटेर अघि बढ्नुपर्ने उनको जोड थियो।

गौतमले लोकतान्त्रिक शक्तिहरू एकजुट नहुँदा बाह्य चलखेल बढ्ने खतरा रहेको भन्दै ‘स्वतन्त्र’ का नाममा व्यवस्थामाथि नै प्रहार गर्ने प्रयास भइरहेको बताए। उनले केही व्यक्तिहरू र समूहलाई उकास्ने, नयाँ–नयाँ समीकरण बनाउने तथा अस्थिरता सिर्जना गर्ने गतिविधि बढिरहेको दाबी गरे। उनका अनुसार निर्वाचन गराएरै छोड्ने पार्टीको संकल्प पूरा गर्नु अहिलेको प्रमुख दायित्व हो।

त्यसका लागि समयको गति, युवापुस्ताको चाहना र अपेक्षालाई बुझेर पार्टीले तिनलाई समेट्ने र सम्बोधन गर्नुपर्ने उनले बताए। गौतमले ११औँ महाधिवेशनबाट देशले चाहना राखेको नेतृत्व चयन भएको उल्लेख गर्दै उक्त नेतृत्वले वर्तमान संकट समाधान र देश विकासका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस