बाजुरा: काँग्रेस हिमाली गाउँपालिकाले अायाेजना गरेकाे आउँदो अधिवेशन केन्द्रीत कार्यक्रममा आन्तरिक असमझदारी अन्त्य गर्दै सहमतिको दिशातर्फ अघि बढ्ने संकेत देखिएको छ। स्थानीय तहदेखि पार्टी संगठनसम्म देखिएका मतभेदलाई समाधान गर्ने उद्देश्यले नेपाली काँग्रेस हिमाली गा पा ले सहमतिको सहमतीका खाका बनाउन अाग्रह गरेकाे छ । आउँदो अधिवेशनमा सहमतिका आधारबाट नेतृतब निमार्ण गर्ने गरि गुटगत राजनीतिक अन्त्य गर्ने प्रतिबद्धता सबै नेताहरूले जनाएका छन् ।पार्टीका आन्तरिक असमझदारी अन्त्य गर्दै सहमतिको दिशातर्फ अघि बढ्ने काँग्रेस नेता तथा पुर्व प्रदेश प्रमुख देबराज जोशिले बताएका छन् ।
नेताहरूले पछिल्लो समय देखिएको गुटगत विभाजनले पार्टी कमजोर बन्दै गएको स्वीकार गर्दै अब सहमतिको संस्कारलाई संस्थागत गर्नुपर्ने धारणा राखेका छन् । नेताहरुले सहमतिको पहलले जिल्लाभर सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।कार्यक्रममा सहभागी कार्यकर्ताहरूले नेतृत्व तहबाट देखाइएको सहमतिको प्रयासले पार्टीभित्र नयाँ ऊर्जा थपिएको प्रतिक्रिया समेत दिएका छन् काँग्रेसलाई जनताको भरोसायोग्य शक्तिका रूपमा स्थापित गर्न सबै तहका नेता–कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्ने बताए ।
काँग्रेस हिमाली गाउँकार्य समितिका सभापति अम्अमलाल कार्की ध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती पुर्व प्रदेश प्रमुख देबराज जोशी रहेका थिए । त्यस्तै कार्यक्रमका बिशिस्ट अथिती पुर्व भुमिसुधार सहायक राज्यमन्त्री जनकराज गिरि रहेका थिए । त्यस्तै कार्यक्रममा पुर्वपार्टि सभापति कबिराज पण्डित,संविधान सभा सदस्य तथा पुर्व माननीय महाँँनेपाली,नेता चक्र शाह,धनराज पण्डित,नारायण पाध्याय,रनसिह अएडि,राधिका सिंह महाधिवेशन प्रतिनिधि,हर्क खडायत , सुमन केशी,कमल बुढा,योगेन्द्र रावल,रिता शाहिको सहभागीता रहेको थियो। त्यसैगरी काँँग्रेस प्रदेश ९ख० का सचीव चक्र जोशी,काँग्रेस,त्रिवेणिका सभापति सुरेन्द्र गिरि ,तरुण दलका जिल्ला सचिव हिरेन्द्र बहादुर रोकाया,नेबिसंघका केन्द्रिय सदस्य दिपक रोकाया,जिल्ला उपसभापति तपेश रावल,बडिमालिका नगरपालिका ७ वडा सदस्य पार्वती जोशी, लगायत नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रमको संंचालन भने तिर्थ मल्ल गरेका थिए।
प्रतिक्रिया दिनुहोस