शुक्रबार, ०२ कार्तिक २०८१

दुई छोरा भारत गएपछि विक दम्पति सहारा बिहिन,

सामाजिक अभियान्ता शाहीको पहलमा खाद्यन्न तथा लुगा कपडा सहयोग

राजेन्द्र रोकाया 
बाजुरा :  बुढीनन्दा नगरपालिका ६ दैयाका दलसिग्या विक र चैति विक उमेरले ७० नाघे । उनिहरु अहिले काम गरी खाने अवस्थाका समेत छैनन् । चैतिलाई दुई बर्षदेखि प्यारालाईसिस भएर एक हात एक खुट्टा समेत चल्दैनन् ।

गाउँमा भएको घर समेत भत्किएपछि अहिले सहारा बिहिन बनेका छन् ।गाउँमा भएको घर भत्किएपछि अहिले उक्त परिवार बुढीनन्दा नगरपालिका १ को एक स्थानीयको नवनिर्मित घमा सहारा लिरहेका छन् । उनिहरुसंग न खाने खाद्यान्न छ नत ओढ्ने देखि लगाउने लुगा समेत छैनन् ।

 घरमा भएका दुई छोरा समेत कमाउन भनि भारत गएको बर्षौ भयो । उनिहरु नत घर फर्किन्छन् । नत बुढा बाआमालाई सम्पर्क नै गर्छन् । घरमा भएका दुई छोराले आफ्नो सहारा छोडेपछि आफु यस्तो अवस्थामा रहेको बिक दम्पतिले दुखेसो गरेका छन् । उक्त दम्पतिको समस्या देखेपछि सामाजिक अभियान्ता रिता शाहीले पहल गरेर खाद्यान्न र लुगा कपडा सहयोग गरिएको छ ।

 बेलायत बस्दै आएकी समाजसेवि पुष्पा राईको आर्थिक सहयोग सामाजिक अभियान्ता शाहीको पहलमा उक्त खाद्यान्न र लुगाकपडा सहयोग गरिएको हो । खाद्यान्नमा चामल, दाल नुन तेल लगाएत र कपडामा बलाडकेट गद्धा झुल लगाएका सामाग्री सहयोग गरिएको सामाजिक अभियान्ता शाहीले बताएकी छन् । 

प्रतिक्रिया दिनुहोस