बुधबार, ०२ पुष २०८२

खाद्य संस्थानमा चामलको मूल्य घट्यो

बाजुरा- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जिल्लामा विक्री हुँदै आएको चामलको मुल्य घटेको जनाएको छ । खाद्य संस्थान काठमाडौंको पत्र अनुसार प्रति किलो ६१ रुपैयाँमा विक्री हुँदै आएको मोटा अरुवा चामल पाँच रुपैया घटेर ५६ रुपैपामा प्रति केजीको मूल्य निर्धारण गरिएको संस्थान बाजुराले बताए ।
सहुलियत मूल्यमा पसल संचालन अन्तर्गत क प्रति केजी पाँच रुपैया छुट दिए र प्रछि केजी ५६ रुपैयाँ २५ केजी कट्टा चामलको एक हजार चार सय  पुस १ गतेबाट लागु हुने गरी विक्री वितरण हुने  खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराले जबताएका छन् । 
सार्वजनिक सूचना जारी गर्दै अरुवा मोटा चामलको मुल्य एक हजार पाँच सय २५ रुपैयाँमा विक्री हुँदै आएको भएपनि कम्पनीको केन्द्रीय कार्यालयको निर्णय अनुसार चामलको मुल्य घटेको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड शाखा बाजुराका प्रमुख उमेश भण्डारीले जानकारी दिनु भयाे  । 
पुस १ गतेबाट अरुवा मोटा चामल ५६ रुपैया प्रतिकेजी विक्री हुन थालेको शाखा प्रमुख भण्डारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस