शुक्रबार, २६ मङि्सर २०८२

ओलीको बाटो नै देशको बाटो, सचिवमा उठ्न तयार छन् लालबहादुर थापा

काठमाडौं : दुई दशकभन्दा बढी समय संगठनको चुपचाप बोझ बोक्दै हिँडेका लालबहादुर थापा अब ११औँ महाधिवेशनमा सचिवका रूपमा आफ्नो जिम्मेवारी विस्तार गर्न तयार छन्। पार्टीको चमकभन्दा टाढा—तर कामको पहरामा सदैव दृढ।देखिने थापाले पहिलोपटक खुलेर भनेका छन्, “म सचिवका लागि स्वाभाविक दाबीदार हुँ। तर अहिलेको प्राथमिकता अध्यक्ष केपी ओलीलाई पुनः नेतृत्वमा अघि बढाउनु नै हो।” बाजुराको बुढीगंगा–३, ब्रहमतोलामा जन्मिएका थापा एउटा त्यस्तो नाम हो, जसले कुनै हल्ला नगरिकन कामका पाइलाहरू मात्र पछाडि छोड्दै आएको छ। नवौँ र दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य, अहिले संगठन विभागका सदस्य। यी पदभन्दा ठूला छन्  ।

उनका नीरव कर्म, कठिन अवस्थामा पनि संगठन नछोड्ने चरित्र, र बाजुराभरिका कठोर भित्ताहरूमा उनको अनवरत हिँडाइ। ‘देशले साहसिक नेतृत्व खोजेको छ’ थापाको बुझाइमा आजको राजनीति केवल प्रतिस्पर्धा होइन, देश बाह्य दबाबले थिचिएको कठिन समय हो। उनले स्पष्ट शब्दमा गरे। “साहसिक नेतृत्व अहिलेको आवश्यकता हो। यो क्षमता अध्यक्ष ओलीले प्रमाणित गरिसक्नुभएको छ।” उनले सचिव उम्मेदवारी आधिकारिक रूपमा ‘नेतृत्वले नै घोषणा गर्नेछ’ भन्दै आफ्नो संयमित शैली पुनः दोहोर्याए। जेन/जी आन्दोलनपछि संगठन उठाउने काँध थापा आज ‘बाजुराका इन्चार्ज’ मात्र होइनन्, त्यो जिल्लामा फेरि उभिएको संगठनका आधारस्तम्भ भी हुन्। जेन/जी आन्दोलनपछि कमजोर बनेको संरचना पुनः सक्रिय पारिएको स्मरण गर्दै उनी भन्छन्।

“ओलीजीको नेतृत्वमा रहेको जिल्ला कमिटीसँग मिलेर संगठनलाई फेरि जनस्तरमा उभ्यायौं।” संघर्ष, जोखिम र जिम्मेवारीको एउटा लामो यात्रामाथि उभिएको दाबी थापाको राजनीतिक यात्रा कुनै शहरी सहजता होइन— २०४४ साल नेपाल ल क्याम्पसका विद्यार्थी राजनीतिबाट सुरु भयो। ०५३ सालमा जिल्ला सचिव, ०६९ सालमा जिल्ला अध्यक्ष र त्यसपछि २०७० को संविधानसभा र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बाजुरालाई जिताउँदै उनी केन्द्रमा उभिए। उनी विकासका योजनामा पहाड चिरेर बाटो खोल्ने नेता मानिन्छन्। गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकाया सम्झिन्छन्।

“थापाको विकास दृष्टिकोण कठिन गाउँबाट सुरु हुन्छ। उनको मूल्यांकन अब अवश्य हुनुपर्छ।” कठिन दिनका छायापछि पनि अडिग शान्ति र लोकतन्त्रका कठोर समय उनले नजिकबाट भोगेका छन्। सुरक्षाकर्मीको दवाब, धम्की, र ०५९ सालमा भएको त्यो घटना। जब माओवादीले उनलाई मैरेबाट अपहरण गरी १५ दिनसम्म बन्धक राख्यो। तर उनी फर्किए—अझै दृढ, अझै जनता नजिक। कानुन र शिक्षामा स्नातक, वकिल र जनताको साथी। पहाड, खोल्सा, बस्ती–बस्तीमा टेकेका पाइलाहरूले आज उनलाई सचिवको स्वाभाविक दाबीदार बनाएका छन्।

प्रतिक्रिया दिनुहोस