शुक्रबार, २६ मङि्सर २०८२

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने बद्री पाण्डेको घोषणा

बाजुरा:नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व पर्यटनमन्त्ती बद्री प्रसाद पाण्डेले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उम्मेदवार सिफारिस प्रक्रियाका नेपाली कांग्रेस बाजुराले आयाेजना गरेकाे छलफल कार्यक्रममा बाेल्दै  पाण्डेले पार्टी बलियो बनाउने अरु जिम्मेवारीमा रहेर नेतृत्व गर्ने भन्दै उम्मेदवार नबन्ने बताएका हुन् ।

 २०७९ काे निर्वाचनमा बाजुराबाट निर्वाचित भएका पाण्डे अब हुने चुनावमा आफू उम्मेदवार सिफारिस प्रक्रियामा पनि सहभागी नहुने र चुनाव लड्न अरुलाई मौका दिने बताएका छन्।  आफू मन्त्री भएकै बेला देशमा दुःखद घटना भएकाले पनि त्यसप्रति नैतिक जिम्मेवारी लिदै चुनाव नलड्ने उनले बताए ।पाण्डेले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढङ्गले सम्बोधन गर्न नसकिएको अनुभूति रहेको उल्लेख गर्दै, आन्दोलनसँग सम्बन्धित तत्कालीन सरकार–आन्दोलनकारी अन्तर्क्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रीपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए।

यही पृष्ठभूमिमा उनले यस पटक निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय लिनु उचित ठानेको बताएका छन्। उनका अनुसार ( अहिले पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने, संगठनलाई सक्रिय, विस्तारित र प्रभावकारी बनाउने, तथा योग्य र सक्षम नयाँ उम्मेदवारलाई अघि बढाउन मार्गदर्शनसहित सहयोग पुर्‍याउने कार्यमा लाग्ने कुरा उनको अहिले प्रमुख प्राथमिकता बनेको छ।

पूर्व मन्त्री पाण्डेले आफ्नो कार्यकालमा नितिगत स्थिरता, पारदर्शिता, रचनात्मकता, निजी क्षेत्रको सहभागीता, तथा बजेट र स्रोतहरूको समानुपातिक वितरणलाई प्राथमिकतामा राखेर काम गरेको विषय राष्ट्रिय मुल्याङ्कनमा विशिष्ट श्रेणी सहित उत्कृष्ट तथा ‘पर्यटन मन्त्री वर्ष ‘ पुरस्कारबाट सम्मानित भएका उनले जिल्लाका जनताले माग गरे अनुसार आवश्यक स्रोत उपलब्ध गराउन नसकिएको भए पनि यथाशक्य प्रयास यस कार्यकालमा निष्ठापुर्वक लागि परेको पनि नेता पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस