शुक्रबार, २६ मङि्सर २०८२

नेपाली काँग्रेस बाजुरामा ६ जना उम्मेदवारका आकाँक्षी

बाजुरा:  प्रतिनिधी सभाको निर्वाचनका लागि फागुन २१ गते हुने उम्मेदवारीका लागी  नेपाली काँग्रेस बाजुरामा वाट  ६ जनाले प्रत्यक्षमा आकाँक्षा देखाएका छन् ।आज बसेको  नेपाली काँग्रेस बाजुराले उम्मेदवार बन्न योग्य नेता तथा कार्यकर्ताका लागि आह्वान गरेको मनोनयनमा ६ जनाले निवेदन दिएको पार्टी सचिव तिलकराज पुरीले बताएका छन्  । 
 उम्मेदवारीमा  पार्टी सभापति रामसिंह रावल,पुर्व पार्टी सभापति कविराज पण्डित, महासमिति सदस्य,जनकराज गिरी, नयाँ पुस्तामा   प्रतिनिधी सभाका लागि महाधिवेशन प्रतिनिधी गुरुदेव केसी सुमन,योगेन्द्र रावल र युवा नेता जगतजंग बमले पनि उम्मेदवारी पाटी सचिव पुरीले बताए  । 
प्रतिनिधी सभाको समानुपातिकका लागि काँग्रेस महासमिति सदस्य महा नेपाली,काँग्रेस केन्द्रीय सदस्य विद्या तिमिल्सेना, प्रदेश सदस्य तथा महाधिवेशन प्रतिनिधी राधिका देवि सिंह,सुनिता गुरुङ,निर्मला रावल र सुभद्रा पाण्डेले निवेदन दिएको छ ।   माघ १० गते हुने राष्ट्रिय सभाका लागि भने पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका महान्याधिवक्ता खम्म बहादुर खाती दिएको छ । नेपाली काँग्रेस सहमहामन्त्री बद्रीप्रशाद पाण्डेलेपछिल्लो समय देश बदलिँदो अबस्थामा रहेकाले काँग्रेस समेत नयाँ जोस,उर्जाका साथ अगाडी बढ्ने काँग्रेस सहमहामन्त्री  पाण्डेले बताएका छन् । जिल्लामा देखिएका समस्या सहित,जनताको सोच बुझका आधारमा नेपाली काँग्रेस बाजुराले अगाडी बढ्नुपर्ने उहाँले सुझाव दिनुभएको छ । त्यस्तै अव आउने प्रतिनिधि सभाको  चुनावमा आफू उम्मेदवारी नरहेकोर पाटी संगठन चलाउने बताएका छन् । अन्य शिर्ष स्थानका नेताहरुले समेत अब बाजुराबाट काँग्रेसले नयाँ ढंगका साथ अगाडी बढ्नुपर्नेमा जोडदिनुभएको छ । यती बेला नेपाली काँग्रेसका शिर्ष स्थानका नेताहरु जिल्ला केन्द्रित हुनुभएको छ ।
आज बसेको बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सह महाँमत्री बद्री प्रसाद पाण्डे, केन्द्रीय सदस्य बिद्या तिमेल्सेना, महाँसमीती सदस्य जनकराज गिरि ,पुर्व पाटी सभापति मन बहादुर रावल , कविराज पण्डीत महाँ नेपाली लगाएत सम्पुर्णको उपस्थीति रहेको थिए ।

प्रतिक्रिया दिनुहोस