शुक्रबार, ०२ कार्तिक २०८१

धार्मिक तीर्थस्थल बुढीनन्दामा जिल्लाबाट पहिलोपटक पुजा सामाग्री सहितको सरकारी टोली जाने

बुढीनन्दामा पहिलोपकटक सरकारी टोली जाँदै

बाजुरा : सुदूरपश्चिम प्रदेशको धार्मिक तीर्थस्थल बुढीनन्दामा जिल्लाबाट पहिलोपटक पुजा सामाग्री सहितको सरकारी टोली जाने भएको छ । बाजुराको बडीमालिका र बुढिनन्दामा एकै साथ धार्मिक मेला सुरु हुने गरेको छ ।

सुदुरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तीर्थस्थल बडीमालिका र बुढिनन्दामा धार्मीक मेला हुदै आएको छ । बडीमालिकामा पहिलेदखि नै जिल्लाबाट सरकारी टोलि जाने भएपनि अहिलेदेखि बुढीनन्दामा पनि पुजा सामाग्री सहितको सरकारी टोलि जाने सर्बपक्षिय बैठकबाट निर्णय भएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।  

नगर प्रमुख बोहराको प्रस्थावमा पहिलो पटक पुजा समाग्री सहितका सरीकारी टोलि जानेमा सबै पक्ष सहमत भएका हुन् ।जिल्लाकै एतिहासिक मह्त्व बोकेको प्रशिद्ध धार्मिक स्थल बुढिनन्दालाई आझेलमा राखी बडीमालिकालई मात्रै बढी महत्व दिने गरेको हुँदा आफुले  यस्तो प्रस्ताव गरेको नगरप्रमुख बोहराले बताएका छन् । 

Open photo

धार्मिक तीर्थस्थल बुढीनन्दामा पुजा समाग्री सहितको सरकारी जाने भएपछि स्थानीय समेत खुशि भएका छन् । जिल्ला समन्वय समिति बजुराका प्रमुख तुलसिराम रोकायाको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख लाछु सार्की, ९ बटै पालिकाका प्रमुख प्रमुख जिल्ला अधिकारी बिभिन्न राजनिति दलका प्रतिनिधि लगायतको सहभागीतामा उक्त निर्णय गरीएको हो । साउन शुक्ल चर्तुदशीको दिन मेला लाग्ने धार्मिक तिर्थस्थल बडिमालिका र बुढीनन्दा मन्दिरमा भक्तजनहरू पुगेर पुजाआजा गर्ने गरेका छन् ।

जनैपुर्णीमाको अघिल्लो दिन बडीमालिका मन्दिरमा बिषेश पुजा हुने भएकाले भक्तजनहरु बर्षे झरीको प्रर्बाह नगरी देवीको दर्शन गरिरहेका हुन्छन् । भक्तजनहरुले त्रिवेणीमा स्नान गरि बडीमालिका मन्दिर परिसरमा जाने गरेका छन् । त्रिबेणीमा स्नान गरी बडीमालिका माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृहरु तर्नुको साथै आफूले चित्ताएको सबै कुराहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजनहरु यहाँ आउने गरेका छन् । झरी होस् कि जाडो तिर्थालुहरू मौसमको पर्वाह गर्दैनन् ।  तर, त्यहाँ पुगिसकेपछि यात्राका सबै कष्ट बिर्सने त्यहाँ पुग्ने भक्तजनहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस