शुक्रबार, ०२ कार्तिक २०८१

‘भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने एक मात्र पार्टी नेकपा एस हो’ : जगन्नाथ खतिवडा

काठमाडौं : नेकपा ९एकीकृत समाजवादी०का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने एक मात्र पार्टी भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

समग्र भ्रष्टाचारहरुको आवश्यक छानबिन हुनुपर्ने उनले बताए । उनले भने ,‘संसद्मा नक्कली भुटानी शरणार्थी प्रकरण उठाउने पार्टी हामी नै हो। सडकमा पनि भ्रष्टाचारविरोधी अभियान गर्यौं।’

खतिवडाले थप्नु भयो, ‘सरकारले राम्रो काम गर्न सकेन भन्ने त छँदै छ। तर आलोचना मात्र गरेर पनि हुँदैन। समग्र भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले उल्लेखनीय काम गर्न सकेको छैन । कतिपय योजना कार्यान्वयन हुन सकेका छैनन् ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीआईबीलाई माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नगर्न किन आदेश दिनुभयो त भन्ने प्रश्नमा खतिवडाले भन्नुभयो, ‘प्रचण्डले के आदेश दिनुभयो रु मलाई थाहा छैन । यदि त्यस्तो आदेश दिनुभएको भए उहाँले नै जान्ने कुरा हो । माधव नेपालले आफू जोगिनुपर्ने वा जोगाउनुपर्ने कुनै कारण छैन ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउनभन्दा पनि अझ राम्रो गर भन्न खोजेको हुन सक्ने खतिवडाले बताए । साथै उहाँले धेरै दल मिलेर बनेको सरकारलाई जहिले पनि खतरा हुने औंल्याउँदै आफ्नो पार्टी सरकारबाट बाहिरिनुपर्ने परिस्थिति नरहेको पनि औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस