अछाम : बान्नीगढी जयगढ गाउँपालिकामा नेपाली काँग्रेसका शीर्ष पदाधिकारी तथा जनप्रतिनिधिककै आडमा दादागिरी र असामान्य व्यवहार खुलेआम बढिरहेको आरोप झन् बलियो बनेको छ।
आइतबार साँझ नेपाली काँग्रेस बान्नीगढी गाउँ पालिका कार्यसमितिका सचिव समेत रहेका गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदका ज्वाई खेमराज साउँदले मदिराले लट्ठ भई कर्मचारीमाथि आमा–चकारी र ज्यान मार्ने धम्की दिँदै उग्र ताण्डव मच्चाएपछि स्थानीय प्रशासनिक वातावरण झनै त्रासपूर्ण बनेको छ।
गाउँपालिका नजिकको क्यान्टिनमा खाना खाइरहेका लेखा अधिकृत अर्जुन जोशी र निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मीलाई साउँदले आमा चकारी गर्द रोडमै पछारेर ज्यान लिने गम्भीर धम्की दिएका छन् ।
सुरक्षित रूपमा खाना खान नपाउने अवस्था सिर्जना भएको भन्दै गाउँपालिकाका कर्मचारीहरू आक्रोशित बनेका छन्। आफुमाथी गाली गलौज भएको बताउदै सूचना अधिकारी समेत रहेका लेखा अधिकृत अर्जुन जोशीले कानुनी उपचारका बिषयमा परामर्शमा रहेको बताएका छन् ।
नेपाली काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदको आड र मौन समर्थनका कारण उनका आसेपासे केही नेता–कार्यकर्ता ‘अस्वभाविक’, ‘दादागिरीपूर्ण’ र ‘मदिरामा मातेर हुलहुज्जत गर्ने’ प्रवृत्ति बढ्दै गएको आरोप लाग्दै आएको ।
सातादिन अघिमात्रै गाउँपालिका अध्यक्ष टेकबहादुर साउँद स्वयंले सोही क्यान्टिनमा मदिरा सेवन गरेर कर्मचारीमाथि आमा–चकारी गर्दै दुर्व्यवहार गरेका थिए।
गाउँपलाका अध्यक्ष र गाउँपालिका अध्यक्षकै पार्टीका पालिका सचिव दुवैले एक हप्ताको अन्तरालमै क्यान्टिनमै उग्र शैली देखाएको घटनाले गाउँपालिकामा राजनीतिक संरक्षण, दादागिरी र दण्डहीनताको वातावरण गहिरिँदै गएको गुनासो चुलिएको छ। घटनापछि कर्मचारीहरूले अहिले कानुनी उपचारबारे छलफल गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस