मङ्गलबार, ०१ असोज २०८१

आजदेखि संसद् खोल्नेबारे कुनै औपचारिक जानकारी छैन  : महेश बर्तौला

आफूहरु एक सेकेन्ड पनि संसद गतिरोध गर्ने पक्षमा नरहेको पनि उनको भनाई

काठमाडौं :  नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको अडानकै कारण संसद् अवरोध भएको दाबी गरेका छन् । 

आजदेखि संसद् खोल्ने भन्ने सम्बन्धमा कुनै औपचारिक जानकारी नभएको भए पनि सरकारले पहल कदमी लिएर आजको बैठकमा वातावरण बनाओस् भन्ने आफूहरुको चाहना भएको नेता बतौलाको भनाइ छ ।

सञ्चारकर्मी सँग कुरा गर्दै नेता बर्तौलाले संसद्को गतिरोध खोल्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच औपचारिक कुराकानी नभएको पनि स्पष्ट पारेका छन् । 

हिजो प्रधानमन्त्री प्रचण्डले पार्टी अध्यक्ष ओलीसँग कुरा गर्दै हुनुहुन्छ भन्ने सूचना त पाएको तर अनौपचारिक छलफल भएको भए फरक कुरा रहेको बताउँदै उनले औपचारिक छलफल भने नभएको बताएका छन् । सरकार अटेरी भएर बस्नुपर्ने कारण नभएको र आफूहरु एक सेकेन्ड पनि संसद गतिरोध गर्ने पक्षमा नरहेको पनि उनको भनाई छ ।

यस्तै नेता बर्तौलाले सरकार संसद्प्रती उत्तरदायी हुन नसकेको आरोप पनि लगाउनुभएको छ । सुन तस्करी प्रकरणबारे प्रतिपक्षका सांसदले मात्र नभई सत्तापक्षका सांसदले समेत प्रश्न गरिरहेका उनको  भनाइ छ ।

प्रतिक्रिया दिनुहोस