बुधबार, २९ असोज २०८२

बाजुरा कपको उपाधी साइनिङ्ग स्टारलाई, गृहमैदानमा रानीवनको पेनाल्टीमा हार

बाजुरा : चिरपरिचित प्रतिस्प्रर्धी हुन्, रानीवन र साइनिङ्ग स्टार स्टार । रानीवन सदरमुकाम मार्तडीको क्लब हो, भने साइनिङ्ग स्टार कोल्टी बजारको । यी दुबै क्लबको इतिहास दुइ दशक लामो छ । रानीवन बाजुराली फुटबलको इतिहास पनि हो । सुदूर र कर्णाली बाट सि डिभिजन लिग खेल्न क्बल पनि हो रानीवन । 

पछिल्लो फूटबल पुस्ताको बेर्ना नै हो, रानीवन । तर जिल्लामा आयोजना हुने हरेक कपको उपाधीमा रानीवन अनलक्की बनिरहेको छ । रानीवनले आयोजना गरेकै साना ठुला धेरै प्रतियोगितामा पनि रानीवन फाइनलमा पुगेर अभागी सावित बनिरहेको छ । सि डिभिजन खेलिरहेको बेला पनि सुदूरका पहाडी जिल्लाकै ठूलो धनराशीको छेडेदह गोल्ड कपमा समेत रानीवनले उपाधी हात पार्न सकेको छैन् । 

फाइनल पुगेर हारको सिकार बन्नु परेको दुखत पलहरु रानीवनका लागि अप्रीय नै छन् । मार्तडीमा आयोजना गरिएको बाजुरा कपको उपाधीमा पनि रानीवन पेनाल्टी सुटआउटमा पुगेर हार बेहोर्न बाध्य भयो । निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका रानीवन र साइनिङ्ग स्टारले थप गरिएको

दुबै टिम पेनाल्टीमा गयो । सुरुको ५ मा सबैले गोल गरे । थप गरिएको २ जनामा पनि दुबैले गोल गरे । पछि दुबै टिमबीच सबैले हाल्ने जस्ले छेक्यो, त्योलाई जित मान्ने सहमति पछि साइनिङ्ग स्टारले रानीवनलाई हराएर उपाधी आफ्नो पोल्टामा पारेको हो । एउटै पोलमा रहेको रानीवन र साइनिङ्ग स्टारबीचको समूहचरणको खेलमा रानीवनले ३–१ ले हराएको थियो ।

मेल डिफेन्डर श्याम विक नभएकै कारण रानीवनले खेल गुमाएको क्लबका अध्यक्ष धुव्रबहादुर रोकायाको भनाई छ । अनुभवी खेलाडी नभएको अवस्थामा उपाधी हात पार्न सकिएन्, त्यसैमा केही समयदेखि रानीवन फाइनल गुमाउने दुखत समय चलिरहेको बताए । साइनिङ्ग स्टारका अध्यक्ष संजय रोकायाले अनुभवी खेलाडी र राम्रो टिम व्यवस्थानकै कारण उपाधी हात पार्न सफल भएको बताए ।

साइनिङ्ग स्टारले उपाधीसँगै ६१ हजार नगद र प्रमाण पत्र प्राप्त गरेको छ । भने उपविजेता बनेको रानीवनले ३१ हजार नगद सहीत प्रमाण पत्र प्राप्त गरेको छ । खेलमा हिमाल बडुवालले उत्कृष्ठ खेलाडीको अवार्ड पाएका छन् । खेल मैदान अभावले बाजुराको खेल क्षेत्र माथि नउठेको गुनासो बाजुरा क्रिकेट क्लबका अध्यक्ष महेश बाँनीयाले बताएका छन् ।

बाजुरा कप खेल मैदान अभावले सेभेन ए साइड खेलाइएको हो । खेलमा २० टिम सहभागि थिए । रानीवनले मार्तडी क्याफे र साइनिङ्ग स्टारले मार्तडी स्पोर्टस् क्लबलाई हराएर फाइनल पुगेका थिए । खेल समापनको अध्यक्षता हिमाल बडुवालले गरेका हुन्, भने शेरबहादुर थापाले सञ्चालन गरेका थिए । नेकपा एमाले सचिव काशी विक प्रमुख अतिथी रहेका थिए । 

प्रतियोगिताबाट जिल्लामा खेलकुदको विकास र युवाहरूको खेल प्रतिको आकर्षण बढ्ने विश्वास खेल संयोजक लक्ष्मण रोकायाले लिएका छन् । मुल आयोजक विनै खेल सञ्चालन गरिएको खेलको दिनेश टे«र्डस एण्ड सप्लार्यस, निको रेष्टुरेन्ट सहीतले खेलकोे प्रायोजन गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस