काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा रिट दायर भएको छ । सिन्धुलीका युवराज सफलसहितले मंगलबार रिट दायर गरेका हुन् ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागु २१ गते निर्वाचनको मिति तोक्दै प्रतिनिधिसभा विघटन गरेका थिए ।
रिटमा सफलले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको जिकिर गर्दै उनको नियुक्ति बदर गर्न समेत माग गरेका छन् ।रिट दर्ताको प्रक्रियामा रहेको र सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस