मङ्गलबार, २८ असोज २०८२

सर्वोच्चमा आजदेखि रिट निवेदन दर्ता पुनः सुरु हुने

काठमाडौं: गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट सर्वोच्च अदालत ध्वस्त भएपछि ठप्प रहेको सेवा आजबाट आंशिक रुपमा सुरु हुने भएको छ ।गत आइतबार बसेको पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा आजदेखि रिट निवेदन दर्ता सुरु गर्ने निर्णय गरेको थियो ।

जेन–जी आन्दोलनका क्रममा सर्वोच्चको भवनमा आगजनी भएपछि रिट निवेदन, मुद्दा दर्ता र सुनुवाइजस्ता नियमित सेवा सुरु हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस