सोमबार, २७ असोज २०८२

अनमी रमाले ५ घण्टा कृत्रिम श्वास दिएर शिशुको ज्यान बाच्यो

बाजुरा : गौमुल गाउँपालिका १ माडी बस्ने २९ बर्षकी निशा बोहरालाई माडी सामुदायिक स्वास्थ्य केन्द्रमा आफन्तले सुत्केरी गराउन लगे । स्वास्थ्य संस्था पुगाउदा टाउकाे पेटमा अड्किएको अवस्थामा , खुट्टा बाहिर निस्केकाे स्वास्थ्य क्रमी रमा थापाले बताइन् । स्वास्थ्यकर्मीले हातले शिशु निकाले । स्वास्थ्यकर्मीको सहयोगमा निशाले तेस्रो सन्तानका रुपमा छोराको जन्म दिएकाे छ । जन्मेको शिशु निसासिएको थियो, श्वास नै थिएन् । हामीले बच्चा मरिसकेको भनेर छोडेका थियौ, अनमी  थापाले बताउनु भयाे ।

बच्चा लाइ श्वास दियौ कतै सास आउँछकी भनेर  । मुखबाट कृत्रिम श्वास दिदै गरे, विस्तारै बच्चाको श्वास र मुटुको धड्कन चल्न सुरुभयाे । शिशु बचाउने आशा झन पलाउदै गयो । दिउसाे पौने ४ बजे जन्मेको शिशुकाे राती साढे ९ बजेतिर बच्चाले अलि श्वास फेर्न सुरु गर्‍यो, त्यसपछि एकपटक बच्चा रुयो । अब त बच्चा बाच्न सक्छ भन्ने लाग्यो, श्वास दिदै गयौ, १० बजे फेरि रुयो, चम्चाले दुध खुवायौ, विस्तारै सुधार आयो अनमी रमा थापाले बताइन् ।

हामीले त शिशु बचाउन सक्दैनौ सोचेका थियौ, सबै स्वास्थ्यकर्मी लाग्यौ, जोखिम सुत्केरी पनि गरायौ, निसासिएको शिशु पनि बचायौ अनमी रमाले खुशी हुदैँ भनिन् । माडी सामुदायिक स्वास्थ्य संस्थामा यातायात पुगेको छैन् । तत्काल अन्यन्त्र लिने सम्भावना पनि थिएन,उनले थपिन् ।
अनमी रमाले कृत्रिम श्वास दिइन्, अर्की अनमी अनिता रोकाया र अहेव ललित रोकाया र कार्यालय सहयोगी मनिषा बोहोराले सहयोग गरेर आमा र शिशुको ज्यान बचाएको स्वास्थ्य केन्द्रले बताएको छ ।

बच्चा जन्मदा २६ सय ग्राम रहेको थियो । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दुबै जना घरमा स्वास्थ्यकर्मीको निगरानिमा रहेको अहेब ललिता रोकायाले बताइन् । माडी सामुदायिक स्वास्थ्य ईकाई विगत २ वर्ष देखि सेवा दिँदै आई रहेको छ । दुर्गममा स्वास्थ्य सेवाको पहुँच पुगाउन २ बर्ष पहिला स्वास्थ्य संस्था स्थापना गरेको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले बताए ।

माडी सामुदायिक स्वास्थ्य केन्द्रबाट आमा र शिशुलाई गाउँपालिकाको केन्द्रमा रहेको पालिका अस्पताल पुगाउन पुग्न १ दिन लाग्ने गरेको छ । सडकको पहुँच नपुगेकाले बोकेर लिन सम्भावना थिएन् । अनमी रमाले भनिन् मन आत्तिएको थियो । अस्पताल लैजान असम्भव थियो, स्वास्थ्यकर्मी सँगै एक मात्र विकल्प थियो, कृत्रिम श्वास दिने थियो । कुनै विकल्प नभएको अवस्थामा अनमी थापाले आफ्नो सेवा र अनुभवबाट शिशुलाई मुखबाट कृत्रिम श्वास बाट शिशुको ज्यान बचेको छ ।

अनमी रमा थापा भने गौमुल गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी हुन् । उनी बिदामा आफ्‌नो घर गएकि थिईन् । जोखिम सुत्केरी आमा माडि सामुदायिक स्वास्थ्य केन्द्रमा आएको खबर उनलाई संस्थाले गरेको थियो । दशैं मान्न घर गएको बेला उनले त्यो सुन्दा स्वास्थ्य संस्थामा पुगेर सहयोग गरेको बताएकी छन् ।

भौगोलिक विकटताका कारणले दुर्गम क्षेत्रमा यस्ता स्वास्थ्य समस्या धेरैले भोग्नु पर्ने बाध्यता छ । सडकको पहुँच नहुँदा, आवश्यक संरचना, स्वास्थ्य उपकरण लगायत समस्याका कारण ग्रामीण भेगमा निकै समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस