सोमबार, २७ असोज २०८२

बाजुरा कपको सेमिफाइन भोलि, रानीवन र मार्तडी क्याफे, साइनिङ्ग स्टार र मार्तडी भिड्ने

बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा जारी ‘बाजुरा कप फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलका खेल भोलि हुने भएका छन् । आज भएका क्वाटरफाइनलका खेलबाट सेमिफाइनलको यात्रा तय गर्ने टिमको टुंगो लागेको छ । 

सहभागि २० टिम मध्ये १२ टिम समूहचरणबाटै बाहिरिएका थिए, भने चार टिम क्वाटरफाइनलको यात्रा सकाएर बाहिरिएका हुन् । सेमिफाइनलमा रानीवन र मार्तडी क्याफे भिड्ने छन् । भने साइनिङ्ग स्टार कोल्टी र मार्तडी स्पोटस् युथ क्लब भिड्ने छन् । 

सेमिफाइनलमा जित्ने टिम फाइनलका लागि यात्रा तय गर्ने छन् । फाइनल खेल असोज २८ गते हुने छ । क्वाटर फाइनलमा मार्तडी स्पोर्टस्, क्बलले रानीवन बीलाई पेनाल्टी सुटआउटमा हराएर घर पठाएको छ । भने रानीवन लेजेन्टलाई मार्तडी क्याफेले हराएको हो । 

यसैगरी रानीवन एले बिएम सेभेनलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको छ । भने साइनिङ्गस्टार कोल्टीले बिएम नाइनलाई हराएर सेमिफाइन पुगेको छ । सेमिफाइनल पुगेका चारै टिमलाई विजेताका रुपमा हेरिएको छ । 

६१ हजार प्रथम पुरस्कार राशीरहेको प्रतियोगितामा उपविजेता टिमलाई ३२ हजार नगद सहीत प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी,सर्वोत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई ५।५ हजार नगदले सम्मान गरिने छ ।

यस प्रतियोगिताबाट जिल्लामा खेलकुदको विकास र युवाहरूको खेल प्रतिको आकर्षण बढ्ने विश्वास लिएको आयोजक युवा समूहले विश्वास गरेका छन् । मुल आयोजक विनै खेल सञ्चालन गरिएको खेलको दिनेश टे«र्डस एण्ड सप्लार्यस, निको रेष्टुरेन्ट सहीतले खेलकोे प्रायोजन गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस