बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा जारी ‘बाजुरा कप फुटबल प्रतियोगिता २०८२ को क्वाटर फाइन समीकरण पुरा भएको छ । सहभागि २० टिम मध्ये भएको समूह चरणका खेलहरु सकिएसँगै क्वाटर फाइनलको समिकरण पुरा भएको हो ।
क्वाटरफाइनमा पुग्ने ८ टिम तय भएसँगै भोलिबाट क्वाटर फाइनका खेलहरु सुरु हुने आयोजक टिमका भरत रोकायाले जानकारी दिएका छन् । क्वाटर फाइनको समीकरणमा रानीवन स्पोर्टस् क्बलकै तीन टिम पुगेका छन् । रानीवन लेजेन्ट, रानीवन ए र रानीवन बि क्वाटरफाइनल पुगेका हुन् ।
रानीवन बाजुराको पुरानो स्पोर्टस् क्बल हो । सी डिभिजन लिग खेलिकसकेको रानीवनले जिल्ला र बाहिरका सबैजसो खेलमा भाग लिने गरेको छ । यसैगरी मार्तडी स्पोर्टस् युथ क्लब, साइनिगं स्टार कोल्टी,मार्तडी क्याफे, बिएम नाइन, र बिएम सेभेन क्वाटर फाइनल पुगेका छन् ।
भोलि क्वाटर फाइनलका चारवटै खेल सकाएर असोज २७ गते सेमिफाइन र फाइनल खेल सकाउने आयोजकले बताएको छ । ६१ हजार प्रथम पुरस्कार राशीरहेको प्रतियोगितामा जिल्ला बाहिर अछामबाट समेत टिम सहभागि थिए ।
मार्तडीमा केही वर्ष पछि खुला सेभन ए साइड प्रतियोगिता आयोजना गरिएको हो । गोरख बडुवालले खेल उद्घाटन समारोहको सञ्चालन गरेका थिए । २६ गतेसम्म सञ्चालन हुने भनिएको खेल मालिका माविको खेल मैदानमा सञ्चालन गरिएको छ ।
युवाहरुको समूह मिलेर दशैं तिहार विशेष आयोजनाको धेरै संख्यामा टिमहरु सहभागि भएका छन् । ५ हजार नगद सहीत टिम दर्ता राखिएको खेलको विजेताले ६१ हजार नगद, टर्फि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उपविजेता टिमलाई ३२ हजार नगद सहीत प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी,सर्वोत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई ५।५ हजार नगदले सम्मान गरिने छ ।
यस प्रतियोगिताबाट जिल्लामा खेलकुदको विकास र युवाहरूको खेल प्रतिको आकर्षण बढ्ने विश्वास लिएको आयोजक युवा समूहले विश्वास गरेका छन् । मुल आयोजक विनै खेल सञ्चालन गरिएको खेलको दिनेश टे«र्डस एण्ड सप्लार्यस, निको रेष्टुरेन्ट सहतिले खेलकोे प्रायोजन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस