मङ्गलबार, ०१ असोज २०८१

एक वडाध्यक्षद्धारा फेसवुकमा स्टाटस लेखेर आत्महत्या

गुल्मी :  मुसीकोट गाउँपालिकाको वडा नं। १ का वडाध्यक्ष मोहन घिमिरेले आज विहान आत्महत्या गर्नु भएको छ ।

विहान ५ बजेतिर फेसवुकमा स्टाटस लेखेर उहाँले आज विहान घर नजिकैको रुखमा झुण्डीएर आत्महत्या गर्नु भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

उहाँको फेसवुकमा लेखिएको छ, “परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रीय अनिता साथ निभाउन सकेन । मलाई माफ गरे । घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु । अल बिदा ।”
 
नेपाली काँग्रेस मुसीकोटका गाउँसभापति समेत रहेका युवा नेता घिमिरेले आत्महत्या गरेकोप्रति धेरैले दुःख व्यक्त गरेका छन् ।

घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको तर आत्महत्याको कारण भने स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ ।

यस्तो लेखेका छन् उनले फेसवुकमा

Capture.PNG

प्रतिक्रिया दिनुहोस