बिहिबार, २३ असोज २०८२

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा यस्तो बन्यो वरीयताक्रम

काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्।भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त उनले सोमबार चारजना मन्त्रीहरूले शपथ दिलाएकी हुन्।

यससँगै कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्‍मा ७ जना मन्त्री पुगेका छन् । उनले आफ्नो मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाउने योजना सुनाएकी छन्।दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा वरीयताको दोस्रो नम्बरमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल कायमै छन् ।

दोस्रो वरीयतामा ऊर्जामन्त्री कुलमान घिसिङ र तेस्रो वरीयतामा गृहमन्त्री ओमप्रकाश अर्याल छन् ।चौथो वरीयतामा उद्योगमन्त्रीमा नियुक्त सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा आएका छन् ।

उता पाँचौ वरियतामा शिक्षामन्त्री महावीर पुनलाई राखिएको छ । छैटौँ वरीयतामा कृषिमन्त्री डा। मदनकुमार परियार र सातौँ वरीयतामा सञ्चारमन्त्री जगदीश खरेललाई राखिएको छ।

प्रतिक्रिया दिनुहोस