मङ्गलबार, ०१ असोज २०८१

एमालेमा केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर

प्रदेश अधिवेशनको मिति सार्वजनिक

काठमाडौं :  नेकपा ९एमाले०ले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

एमालेको पछिल्लो निर्णय अनुसार बाग्मती प्रदेशको इञ्चार्जमा गुरू बराल र सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई जिम्मेवारी दिइएको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इञ्चार्ज तोकिएको छ ।

केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएका केशव स्थापित र प्रमोदनारायण यादवलाई पदमुक्त गरिएको एमालेको अन्तर पार्टी निर्देशन ९अपानि० मा उल्लेख छ । अपानिमार्फत् एमालेले जनसंगठनका कार्यक्रममा जीवित नेतामध्ये पार्टी अध्यक्ष केपी ओलीको मात्रै फोटो मञ्चमा राख्न भनेको छ ।

सार्वजनिक कार्यक्रमहरूमा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटो प्रयोग भएकाले निरूत्साहित गर्न खोजिएको एमालेको भनाइ छ । यस्तै,एमालेले प्रदेशको अधिवेशन मिति सार्वजनिक गरेको छ । जसअनुसार भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेस, असोज १० र ११ गते बाग्मती, असोज १२ र १३ गते कोशी प्रदेशको अधिवेशन हुनेछ ।

यस्तै, असोज १५ र १६ गते गण्डकी, असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन आयोजना हुने एमालेले जनाएको छ । एमालेले प्रदेश अधिवेशनका लागि ४० वर्षमुनिका युवा सहभागिता सुनिश्चित हुनेगरी प्रतिनिधि चयनको विधि तय गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस