शुक्रबार, ०३ असोज २०८२

एमाले अध्यक्ष ओली १० दिनपछि सैनिक ब्यारेकबाट भक्तपुरको गुन्डु झरे

काठमाडौँ: निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० दिनपछि सार्वजनिक भएका छन् ।गत भदौ २३ र २४ गते भएको जेन(जीको आन्दोलनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर सम्भवतस् शिवपुरी पुगेका ओली बिहीबार गुन्डु झरेका हुन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीका लागि गुन्डु क्षेत्रमा बसोबासको व्यवस्था गरिएको जानकारी खबरहबलाई दिएका छन् । ‘अध्यक्षज्यू गुन्डु क्षेत्रमा बस्ने गरी आउनु भएको छ। उहाँका लागि अस्थायी बसोबासको व्यवस्था भइसकेको छ’, उनले भने ।

उनलाई त्यहाँ एमालेका नेता(कार्यकर्ताहरूले स्वागत गरेका छन् । ओलीलाई एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको घर नजिकैको क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको छ।

उनी अब त्यहीँबाट सक्रिय हुनेछन् । सम्भवतस् ओली शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा हुने संविधान दिवस कार्यक्रममा देखिनेछन् ।यसअघि नै उनीनिकट मानिने नेता महेश बस्नेतले ओलीलाई १० औँ हजार नेता(कार्यकर्तासहित काठमाडौँमा स्वागत गरिने बताएका छन् ।

जेन(जी आन्दोलनका क्रममा ओलीको पुर्ख्यौली थलो तेह्रथुम, गृहजिल्ला झापाको दमक र भक्तपुरको बालकोटस्थित तीनै स्थानका घरहरू जलाइएको छ। त्यसकारण उनका लागि गुन्डु क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको हो ।

प्रतिक्रिया दिनुहोस