काठमाडौँ : जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको छ । उपचारको क्रममा १७ जनाको निधन भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता ९एसएसपी० शेखर खनालले रातोपाटीलाई बताए ।
नयाँ बानेश्वरको प्रदर्शनमा गोली लागेपछि विभिन्न अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो । प्रदर्शनको सुरक्षामा खटिएका नेपाल प्रहरीका १० जना र सशस्त्रका ९ जना घाइते भएका छन् ।
७ जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । उनीहरूमध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् ।
श्रेष्ठ र चौलागाईंको टाउकोमा गोली लागेको छ । पवन शाहीको पेटमा गोली लागेको ट्रमा सेन्टरका एक जना चिकित्सकले बताए ।सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा २ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस