बाजुरा: बाजुरामा पनि २२ औं निजामती सेवा दिवस मनाईएको छ । निजामती सेवा दिवस २०८२ मनाईएको हो।मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै अाएका छन्। सोही अवसरमा बाजुरामा पनि बिभिन्न कार्यक्रम गरेरी दिवस मनाईएको हाे ।
२२ औं निजामती सेवा दिवस “व्यवसायिक र सिर्जनशिल प्रशासन,विकास,समृद्धि र शुसासन” भन्ने मुल नाराका साथ प्रभातफेरि कार्यक्रम संगै मार्तडी बजारको फोहर संकलन गरेर अस्पताल बाजुरामा गई कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले बताए।
निजामती सेवा दिवसको अवसरमा प्रभात फेरि कार्यक्रम संगै मार्तडीमा बजारको फोहर संकलन,अस्पताल बाजुरामा उपचाररत रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर दिवस मनाईएको बताएका छन् ।
साथै कार्यक्रममा उपस्थिति सम्पुर्ण निजामती कर्मचारी लगायत पत्रकारहरुको स्वास्थ्य परिक्षण समेत गरेर दिवस मनाईएको सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलले बताए।अस्पताल बाजुरामा उपचाररत रहेका करिब २७ जना बिरामीहरुलाई दिवसको अवसरमा फलफूल वितरण समेत गरिएको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले निजामती सेवाको मूल्य–मान्यता, नैतिकता, सदाचारिता, र निष्ठाजस्ता गुणको पालना गरी नागरिकको सेवामा प्रतिबद्धता हुन आग्रह गरेका हुन्।साथै उनले एक कर्मचारी भएको नाताले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताएका हुन्।
बाजुराबासीहरुलाई दत्तचित्त भएर सरल रुपमा सेवा दिन सम्पुर्ण कर्मचारीले लाग्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो।राष्ट्रको सेवक भईसके पछि दख्खल भएर एक असल कर्मचारीको रुपमा स्थापित हुन जरुरी रहेको प्रजिअ पौडेलले बताएका हुन्।२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाईदै आएको छ ।निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा दिवस मनाईने गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेल,सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावत,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिध,जिल्ला स्थित निजामती कर्मचारीहरु लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस