बाजुरा : नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा निजामती कर्मचारी युनियन बाजुराले फलफूल बितरण गरेर आफ्नो स्थापना दिवस मनाएको छ । युनियन बाजुराका अध्यक्ष कुल बहादुर रावलकाे नेतृत्वमा जिल्ला अस्पताल बाजुरामा भर्ना भएका बिरामी हरुलाइ फलफूल बितरण गरिएको हो ।उक्त कार्यक्रममा नेपाली काँग्रेस बाजुराका पर्व पाटी सभापती कबिराज पण्डीत ,नेपाली काँग्रेसका नेता सेर बहादुर खाती ,कर्मचारी युनियनका पुर्व अध्यक्ष रामचन्द्र यादव ,कर्मचारी युनियनका नेता देवि खत्री लगाएतकाे उपस्थिति रहेका थिए ।कार्यक्रममा सहभागीहरुले बिरामीहरुलाइ फलफूल बितरण गर्दै उनीहरुको स्वास्थ्य लाभको कामना ब्यक्त गरेका थिए ।युनियनको स्थापना दिवसको अवसरमा हरेक वर्ष रचनात्मक कार्यहरू गर्दै आइरहेको नेपाल निजामती कर्मचारी युनियन बाजुराले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस