काठमाडौं : प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । आज बिहान बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल भएको हो ।
छलफलमा सभामुख घिमिरेले बैठक अवरुद्ध हुनु राम्रो नभएको गुनासो गर्नुभएको छ । प्राकृतिक विपत्तिलगायत धेरै विषयमा सांसदले बोल्न खोजेको तर बैठक सञ्चालनमा व्यवधान हुँदा सम्भव नभएको सभामुख घिमिरेले बताएका छन् । बैठक सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष गम्भीर हुनुपर्नेमा समेत उनले जोड दिएका छन् ।
संसदीय समितिको सभापति चयन नभएको विषयमा पनि उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सभामुखको सचिवाालयले जनाएको छ ।
यस्तै, जवाफमा प्रधानमन्त्री प्रचण्डले संसद् बैठक सञ्चालनका लागि आफूले भूमिका खेल्ने बताए ।
सम्वद्ध सबै लागेर छिट्टै सहमति सदन खुलाउनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी दलका नेतासँग पनि थप पहल गर्ने विश्वास दिलाएका छन् ।
प्रतिक्रिया दिनुहोस