शुक्रबार, १३ भदौ २०८२

नेविसंघ बाजुरा काठमाडौ सम्पर्क समिति गठन प्रक्रिया विवादमा

बाजुरा : नेपाली कांग्रेस बाजुराको सम्पर्क समितिको गठन प्रक्रियालाई लिएर नेविसंघ बाजुराका केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका छन् । २०८१ साल साउन २० गते बसेको नेपाली कांग्रेस बाजुरा कार्यसमिति बैठकले नेविसंघ बाजुरा काठमाडौ सम्पर्क समिति गठन प्रयोजनार्थ समिति बनाउने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो ।

नेविसंघका केन्द्रीय सदस्यहरू दिनेश कुमार शाही, मंगल रावत, जस बहादुर शाही, भरत बहादुर बुढा  र खडक बहादुर अएडिले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस कार्यसमितिको निर्णय अलोकतान्त्रिक र संगठनविपरीत विद्यार्थीको नामावली संकलन नगरी स्वार्थ सिद्धका मतियार निर्वाचन देखि डराएर अवैधानिक बाटोबाट संगठनमा  गुठगत गन्ध र विभाजनको मनसायले पत्र जारी गरेको प्रेस विज्ञप्ति मार्फ जान्कारि गराएका छन्  । उनीहरूले यस्तो निर्णयले संगठनलाई कमजोर बनाउने, विभाजन गर्ने र अविश्वास बढाउने खतरा रहेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

प्रेस विज्ञप्तिमा उम्मेदवार छनोटमा कुनै सहमति नराखी नेतृत्व छनोट गर्ने प्रयास गरिएको आरोप लगाइएको छ । साथै, पार्टी नेतृत्वलाई पारदर्शी, लोकतान्त्रिक र साझा सहमतिमार्फत मात्र समिति गठन गर्न आग्रह गरिएको छ ।

नेविसंघ बाजुराका अध्यक्ष जनक बहादुर थापाले समेत अलोकतान्त्रिक ढंगले सम्पर्क समिति गठन गर्ने प्रक्रियामा समेटिएको भन्दै असन्तुष्टि जनाइएका छन् । विज्ञप्तिमा भनिएको छ, “संगठनलाई कमजोर, बदनाम र विभाजन गर्ने कार्य नगर्न चेतावनी दिइन्छ, अन्यथा आवश्यक कदम चाल्न बाध्य हुनेछौं प्रेस विज्ञप्ति मा उल्लेख गरीएकाे छ ।”नेविसंघका पाँचै केन्द्रीय सदस्यहरूले यस विषयमा कांग्रेस जिल्ला कार्यसमितिको ध्यानाकर्षण गराउँदै विवादास्पद समिति तत्काल खारेज गर्न माग गरेका छन् ।

Open photo

प्रतिक्रिया दिनुहोस