शुक्रबार, १३ भदौ २०८२

जिल्ला अस्पताल बाजुरामा दुई जनाकाे शल्यक्रिया सफल

बाजुरा : जिल्ला अस्पताल बाजुरामा एमडीजीपी डा. आशिष कार्कीको आगमनसँगै एपेन्डिसाइटिस र फिमोसिसका शल्यक्रिया सफल भएका छन्।

मंगलबार अस्पतालमा बुढीगंगा नगरपालिका–४ की १४ वर्षीया नीलम नेपालीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो। त्यस्तै, फिमोसिसका बिरामी बडीमालिका नगरपालिका वडा न ५ का १९ वर्षीय बिमल साउदको पनि सफल शल्यक्रिया भएको जिल्ला अस्पताल बाजुराका प्रमुख चन्द्रशेखर यादवले जानकारी दिए।

पेट दुख्ने समस्या लिएर अस्पताल आएकी नीलममा परीक्षणपछि एपेन्डिसाइटिस देखिएको थियो। उक्त शल्यक्रिया एमडीजीपी विशेषज्ञ डा. आशिष कार्कीको नेतृत्वमा डा. पवन अर्याल, लोकेश कवर र स्टाफ नर्स सञ्जिता कुमारी खड्काको टोलीले सम्पन्न गरेको जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख डा. यादवले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस