शुक्रबार, १३ भदौ २०८२

सिडिओ मेघनाथ पाध्यालाई बाजागाजासहित बिदाइ

बाजुरा :करिब एक वर्ष जिल्ला प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रूपमा कार्यरत मेघनाथ पाध्यालाई बाजुराबासीले बाजागाजासहित भव्य बिदाइ गरेका छन्।
२०७८ असोज १३ गते गृह मन्त्रालयमा सरुवा भएका पाध्यालाई मंगलबार सदरमुकाम मार्तडी बजारमा विभिन्न निकायका कर्मचारी र स्थानीयवासीले फूलमाला र बाजागाजासहित विदाइ गर्नु भएकाे छ ।

पाध्याले बाजुरामा रहँदा जिल्लाको शान्ति–सुरक्षा, विकास निर्माण, नागरिकताजस्ता सेवामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै जिल्लावासीले धन्यवाद ज्ञापन गरेका छन्। उनका अनुसार, वृद्धावस्थासम्म नागरिकता नपाएका करिब ६० जनालाई नागरिकता उपलब्ध गराउनु, सरकारी कार्यालयको सेवा प्रवाहको अनुगमन गर्नु र अलपत्र विकास आयोजनाहरूलाई अघि बढाउनु आफ्नो प्रमुख कार्य रहेकाे बताए।

बिदाइ कार्यक्रममा पाध्याले बाजुराबासीको अपार माया र सहयोग कहिल्यै नभुल्ने बताउँदै कृतज्ञता व्यक्त गरेका छन्।

यसैबीच, बाजुरामा नयाँ सिडिओका रूपमा जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक सिडिओका रूपमा कार्यरत गणेश प्रसाद पौडेल सरुवा भई आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस