काठमाडौँ : नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन हस्ताक्षर संकलन सुरु गरेको छ । हस्ताक्षरका लागि दुवै दलले सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा सांसदहरुलाई बोलाएका छन् ।काठमाडौं उपत्यका बाहिर रहेका आफ्ना सांसदहरुलाई पनि आजै काठमाडौं आउन निर्देश गरेका छन् । प्रतिनिधिसभा नियमावली २०७९ को व्यवस्था उपसभामुख रानालाई पदीय आचरणअनुसार काम नगरेको भन्दै प्रस्ताव दर्ता गर्न लागिएको हो ।आज बिहान कांग्रेसले सभापति निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक र एमालेले संसदीय दलको बैठक बोलाएर उपसभामुखविरुद्धको प्रस्तावबारे छलफल गरेको थियो ।सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको स्रोतको भनाइ छ ।बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस