काठमाडौ ; डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ पुस्तालाई धार्मिक बनाउने सन्देश दिने गरेर भजन गीत गाएको बताएका छन ।यो गीत धार्मिक क्रान्तीकारी छ हालै बजारमा आएको भोले बाबा शिव भजनको बारेमा चर्चा गर्दे उनले भजन भनेपछि बुढा पुस्ताको मात्र हो भन्ने मान्यता तोड्न आफ्नो गीत सफल हुने दावी गरे ।
सो गीतमा भिडियोग्राफी निक्कै राम्रो छ भने अभिनय पनि गीत अनुसार निक्कै सुहाउदो देखिएको छ । सो गीत चपली हाइट, बुढानिलकण्ठ र रुद्रेश्वर महादेव लगायतका स्थानमा सुटिङ गरिएको छ ।
सो गीतमा गायक शाही, रीता केसी र पवन रानाभाटले स्वर दिएका छन् । भने गायक शाही, केसी र गीतका लेखिका सुमित्रा खड्का, दीपा पनेरुले मोडलिङ गरेका छन् । शिवको भूमिकामा युवराज पौडेल र पार्वतीको भूमिकामा गीतको लेखिका सुमित्रा निक्कै जमेकी छन् ।
छायांकन र गीत निर्माणमा निक्कै धेरै खर्च भएको जस्तो भिडियो देखिए पनि करिब सात लाख मात्र खर्च भएको डेउदा गायक शाहीले बताए ।
गीतकी लेखिका तथा व्यवसायी सुमित्राले आफूले भजनबाट मनोरञ्जन क्षेत्रमा सक्रिय हुन शुभारम्भ गरेको बताउदै आगामी दिनमा आफूले यस्ता गीत, डकुमेन्ट्री र फिल्ममा लगानी गर्ने सोच बनाएको बताइन । उनले पनि यो भजन गीत परम्परागत भजन भन्दा निक्कै फरक भएको दावी गरिन ।
सुरेश र सुमित्राले यो गीतबाट केही कमाउने भन्दा पनि नयाँ पुस्तालाई सन्देश दिने र आत्मसन्तुष्टी दिने हिसावले भजन गीत बनाएको बताए । यो गीत शिवजी महिना मानिने साउन र तिजलाई ध्यान दिएर बजारमा ल्याइएको गायिका सुमित्राले बताइन । उनले भनिन यो क्रान्तिकारी भजनमा युवायुवती मज्जाले उफ्रेर नाच्ने छन् ।
विक्रम चौहानले निर्देशन गरेको सो गीतको ऐरेन्जर तथा मिक्सिंगको काम पवन रानाभाट, भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।
यस्तो छ युरै गीत
जय शिव वम भोले
हामी सबै तिम्रै झोले
केटा : मेरो तनको माया कसलाई हो ? तिमीलाई
मेरो धनको मायाँ कसलाई हो ? तिमीलाई
तर मनको मायाँ कसलाई ? उही पार्वतीलाई (२)
केटी : मेरो तनको मालिक को हो ? हजुर हो
मेरो धनको मालिक को हो ? हजुर हो
तर मनको मालिक को हो ? उही शिव भोले हो (२)
केटा : शिवजीले बनाको सिरानी
पार्वतीलाई किन बिरानी
मेरो….
केटी : शिव आफू कैलाशमा जानुभो
पार्वतीलाई कहाँ लानु भो र ?
मेरो ….
केटा : आकाशमा जुन छैन तारा
शिव बिना कैही छैन संसार ।
मेरो …..
केटी : शिव तिम्लाई काँ देखौ काँ देखौ
ल्याउन कलम शिव कै नाम लेखौ ।
मेरो ….
केटा : शिव आज काँ जाँन लल्केको
केलाशमा बाँङ खान पल्केको ।
मेरो …..
केटी : मेरो शिव आउनु है फर्केर
बसेकी छु तिमीलाई पर्खेर ।
मेरो…..
केटी : पान सुपारी शिवजी नखाने
भाङ धतुरो कहाँबाट ल्याऊ ?
प्रतिक्रिया दिनुहोस