बुधबार, ०४ भदौ २०८२

एसईई ग्रेडवृद्धि परीक्षा सुरु, ९८१ विद्यार्थी सहभागी

बाजुरा : माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडवृद्धि परीक्षा आजदेखि जिल्लामा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन हुनेछ। शिक्षा विकास तथा समन्वय इकाई बाजुराका अनुसार यस पटक जिल्लाबाट ९८१ विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका छन्।

२०८२ असार १३ गते सार्वजनिक भएको नतिजाअनुसार, ननग्रेडमा परेका १,११८ विद्यार्थीमध्ये नियमिततर्फका ९८१ जनाले मौका पाएका हुन्। गत वर्षझैं यस पटक पनि जिल्लामा परीक्षा तीन स्थानमा सञ्चालन भइरहेको छ— जनप्रकाश मावि, कोल्टी (२ परीक्षा केन्द्र) मालिका मावि, मार्तडी (१ परीक्षा केन्द्र) भानोदय मावि, बुढीगंगा (२ परीक्षा केन्द्र) यो गरी जिल्लामा कुल ५ परीक्षा केन्द्र तोकिएका छन्। २०८१ सालको एसईईमा बाजुराको उत्तीर्ण दर ५१.७२ प्रतिशत रहेको थियो। सामुदायिक तथा संस्थागत विद्यालयबाट सहभागी विद्यार्थीमध्ये १,१९९ जना मात्र उत्तीर्ण भएका थिए।

प्रतिक्रिया दिनुहोस