शुक्रबार, १६ साउन २०८२

साउन १५ बिशेष राष्ट्रिय युवा संघ बाजुराको खिर पार्टी

बाजुरा : राष्ट्रिय युवा संघ नेपाल बाजुराले साउन १५ बिशेष खिर पार्टी आयोजना गरेको छ । पार्टी र जनसंगठन बीचको आपसी सहकार्य र सद्भावका लागि संघले खिर खाने दिनको अवसर पारी खिर पार्टी आयोजना गरेको हो । 

नेकपा एमाले केन्द्रीय सदस्यद्धय लालबहादुर थापा, सहदेव बोगटी, प्रदेश कमिटी सदस्य गगन रावल, जिल्ला अध्यक्ष लालबहादुर ओली, सचिव काशी विक, सचिवालय सदस्य अमर खड्का पार्टी जिल्ला कमिटीका सदस्य, युाव संघका केन्द्रीय सदस्य डेनिश शाही सहीतको उपस्थितिमा खिर पार्टी आयोजना गरेको हो ।

साउन १५ को शुभकामना आदान प्रदान सहीत आपसी सहकार्य, सद्भाव र समन्वय बारे छलफल तथा भेटघाटका लागि कार्यक्रम आयोजना गरेको युवा संघका जिल्ला संयोजक विष्णु कार्कीले बताएका छन् । नेता कार्यकर्ता बीचको आपसी सम्बन्धमा निकटता ल्याइराख्न पनि कार्यक्रमले सहयोग पुगेको विश्वास युवा संघले गरेको छ । 

रक्तदान कार्यक्रम राख्ने योजना बनाइएपनि बाजुरामा ब्लड बैंक नभएकोले केन्द्रीय सर्कुलर अनुसारको कार्यक्रम आयोजना गर्न नसकिएको जिल्ला इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य डेनिश शाहीले बताएका छन् । 

नेपालमा प्रत्येक वर्ष साउन १५ गते खिर खाएर मनाउने गरिन्छ । पुर्खाहरुले धार्मिक तथा वैज्ञानिक महत्वलाई बुझेर नै हाम्रो मौलिक संस्कृति जोगाउन साउन १५ मा खिर खाने प्रचलन बनाएको हो । 

यसले देशको पहिचान बढाउनुका साथै पर्यटन क्षेत्रको विकासमा समेत टेवा पु¥याउँने विश्वास नेताहरुले लिएका छन् । विभिन्न सांस्कृतिक परम्परा नै हाम्रो देशो मौलिक पहिचान हो । यस्तो संस्कृति कतै पनि छैनन् । हाम्रा मौलिक पहिचानको जर्गेना गर्नु ठूलो चुनौती बन्दै गएको छ । यसमा आम जनताको चासो रहन आवश्यक छ ।

साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रुपमा लिइन्छ । प्राचिन कालदेखि खिर एक उत्कृष्ट र पवित्र खानाको रुपमा लिइन्छ । धार्मिक आस्था राख्नेहरुले खिरलाई शुद्ध परिकारका रुपमा समेत लिन्छन् ।

आयुर्वेद शास्त्रमा खिरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन् । खिरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ। ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

आर्युवेद विज्ञानमा समेत खिरको महत्व अझ ठूलो रहेको छ । यस दिन खिर खाएमा शुभ हुने धार्मिक मान्यता पनि छ । असार– साउन महिनामा धेरै वर्षा हुने र पानीले भिज्दा विभिन्न किसिमका रोग–व्याधिहरु लाग्ने तथा बिरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउन खिर खान उपयुक्त हुने आयुर्वेदले बताउँछ । कार्यक्रम होटल बिएन बि मा आयोजना गरिएको हो ।
 

प्रतिक्रिया दिनुहोस