शुक्रबार, १६ साउन २०८२

नेतृत्व माथि षड्यन्त्र पूर्वक भएको घेराबन्दी युवाहरुले तोड्न पर्छ : थापा

बाजुरा : नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले पार्टी नेतृत्व माथि अनावश्यक आक्रमण र घेराबन्दी भएको बताएको छन् । एमाले नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गरिरहेको बेला योजनावद्ध तरिकाले षड्यन्त्र पूर्वक आक्रमण र घेरिबन्दी भएकोले युवाहरुले तोड्न पर्ने बताएका छन् । 

राष्ट्रिय युवा संघ नेपाल बाजुराले आयोजना गरेको साउन १५ बिशेष खिर खाने कार्यक्रममा बोल्दै थापाले युवाहरुले सत्यको पक्षमा उभिएर पार्टी नेतृत्व माथिको घेराबन्दी तोड्नु पर्ने धारणा राखेका हुन् । केपी ओली नेतृत्वको सरकार र पार्टी नै देशका लागि  आवश्यक रहेको कुरा कामबाटै स्थापित हुन थालेपछि विरोधीहरु सल्बलाएको थापाको दाबी छ ।

ओलीले नेतृत्व गरेको एमालेको उचाई बारे प्रंशसा गर्दै थापाले देशको समृद्धि र विकासका लागि पनि एमाले र ओली नै आवश्यक भन्ने कुरा कामबाट्र प्रमाणित भएको दाबी गरे । खानी उल्खलनको सपना देखि खेल मैदान, सडक बाटो देखि शैक्षिक सुधार र राजस्ववृद्धि देखि निर्यातको तथ्यांकले नै ओली देश र जनताको नेता भन्ने स्थापित भएको थापाको भनाई छ । 

कामले नै धेरै कुरा प्रमाणित भइसकेकोले अतालिएका र डराएका तत्वहरुले देशी विदेशी शक्ति प्रयोग गर्न खोजेको आरोप थापाले लगाएका छन् । एमाले र ओली माथिको आक्रमण सिंगो मुलक र जनता माथिको प्रहार भएकोले यो षड्यन्त्र र प्रहार तोड्नु पर्ने धारणा थापाले राखेका हुन् ।

युवा सत्यका पछि लाग्नु पर्छ, युवा शक्ति नै गलत बाटोमा लागे देश नै बर्बादी तर्फ धकेलिने भएकोले त्यसमा सचेत र सजग हुन युवाहरुलाई आग्रह गरेका थापाले समग्र युवालाई सत्यका पछि लाग्ने वातावरण निर्माणको अगुवाई राष्ट्रिय युवा संघ नेपालले गर्नु पर्ने बताएका छन् । 

पार्टी भित्र देखिएको अन्तर संघर्ष तर्फ संकेत गर्दै बाजुरा जिल्ला इन्चार्ज समेत रहेका थापाले यतिबेला ओली माथि चौतर्फी घेराबन्दी छ । आक्रमण छ । पार्टी सकाउने तत्वहरु फेरि जुर्मुराएका छन् । एमाले सकिएपछि मात्रै देश बर्बाद पार्न सकिन्छ भनेर देशी विदेशी तत्व आँखा गाडेर बसेका छन् । यी सबैप्रकारका षड्यन्त्र चिर्न युवाहरु तयार हुनु पर्छ, थापाले थप्नु भयो ।

साउन १५ लाई खिर खाने दिनको संयोग पनि पौरखी किसानको उत्सव नै भएकोले गरि खाने प्रेरणाका लागि यो सन्दर्भ कामयापी भएको बताएका छन् । केही न केही काम र उद्यममा युवाहरु जोडिनु पर्ने धारणा राखेका थापाले सत्यको बाटोमा हिँड्न र पार्टी नेतृत्वको पक्षमा उभिनु पर्नेमा जोड दिएका छन् ।

खिर खाने साउन १५ बिशेष कार्यक्रममा नेकपा एमाले अध्यक्ष लालबहादुर ओलीले संगठन र सम्बन्धलाई खिर जस्तै मिठो र लोभलाग्दो बनाइराख्नु पर्नेमा जोड दिएका छन् । बलियो संगठन र मिठो सम्बन्ध नै जीवनका लागि कामकाजी र उपयोगी हुने कुरामा ध्यान दिन पनि ओलीले आग्रह गरेका छन् । 

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी, प्रदेश सचिवालय सदस्य गगन रावल, जिल्ला सचिव काशी विक, सचिवालय सदस्य अमर खड्का, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य डेनिश शाही सहभागि थिए । कार्यक्रमको संयोजन राष्ट्रिय युवा संघ नेपाल बाजुराले गरेको जिल्ला संयोजक विष्णु कार्कीले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस