धनगढी : धर्तीको भू स्वर्ग बडीमालिका धार्मीक यात्रा २०८२ को मौसम चलिरहेको छ । यही अवसर पारी स्वागत गर्ने, सत्कार गर्ने र स्वमसेवी भावनाले साथ सहयोग गर्नेक्रम बढीरहेको छ । कसैले व्यानर गेट मार्फत स्वागत गरिरहेका छन् । भने कसैले पानी, खाना, खाजा दिएर स्वागत सत्कारको क्रम बढीरहेको छ ।
धार्मीक यात्रालाई थप उत्साहीक र भव्य बनाउने उदेश्यले विभिन्न गतिविधी भइरहेका छन् । यहीक्रममा नेकपा एमाले बडीमालिका नगर कमिटीले बजार सरसफाइ गरेको छ । तीर्थ यात्राका क्रममा आउने यात्रुहरुका लागि सफा सुग्धर मार्तडीले स्वागत गर्ने गरि सरसफाइ गरिएको नगर कमिटी अध्यक्ष राजेश पायल विकले जानकारी दिएका छन् ।
नगर कमिटीमा आवद्ध नेता कार्यकर्ताहरुले सदरमुकाम मार्तडीमा बर्षादको पानीले बढेको हिजो र फोहरलाई उठाएर सरसफाई गरेको हो । बडीमालिका र बुढीनन्दा धार्मीक यात्राका लागि सबैजसो मार्तडी भएर नै जाने गरेका छन् । बडीमालिका जान त्रिवेणीको छतारा, कैलामाडौं, बडीमालिकाको मना, कोर्ध, बुढीनन्दाको पोरखे र जगन्नाथको लेकबाट पनि बाटो छ । केहीले त्योबाटो भएर पनि बडीमालिका जाने गरेका छन् ।
तर अधिकांश तीर्थालुहरुले मार्तडी भएरै जाने गरेको पाइन्छ । विहानै देखि ५० बढीको संख्यामा नेता कार्यकर्ताहरुले मार्तडी बजारको सरसफाइ गरेको नगर कमिटी अध्यक्ष राजेश पायल विकले जानकारी दिएका छन् । सरसफाइ कार्यमा एमाले नौ नम्बर वडा कमिटीका नेता कार्यकर्ता पनि सहभागि थिए ।
रचनात्मक र आवश्यक कामका लागि नगर कमिटीको सक्रियतालाई नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले धन्यवाद दिएका छन् । आफ्नै सक्रियताले हुने धेरै काम नगर्ने हाम्रो प्रवृत्तिका विरुद्ध नगर कमिटीले रचनात्मक काम गरेर देखाएको र निरन्तरता हुनु पर्ने ओलीको सुझाव छ ।
बडीमालिका धार्मीक यात्रा बिशेष जिल्लामा ठाउँ ठाउँमा गेट निर्माण भइरहेका छन् । स्थानीय तहले आफ्नो पालिका क्षेत्रमा गेट निर्माण गरेका छन् । यस्तै नेकपा एमाले बुढीगंगा १, २ र ३ नम्बर नगर कमिटीले बल्देमा स्वागत गेट निर्माण गरेको छ । २ नम्बर वडा कमिटीका अध्यक्ष रमेश थापाको नेतृत्वमा गेट निर्माण गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य गणेश थापाले बताएका छन् ।
यता मार्तडी बजारको लोकतान्त्रीक चोकमा प्रेस चौतारी नेपाल बाजुराले स्वागत गेट सहीत तीर्थालुलाई आतिथ्यता प्रदान गरेको छ । भने नेपाल पत्रकार महासंघ बाजुरा शाखाले बडीमालिका बुढीनन्दा धार्मीक यात्रा बिशेष प्रचार अभियान थालनी गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल बाजुराले स्वयम सेवक परिचालन गर्ने भएको छ । युवा संघको तर्फबाट तीर्थ यात्री र पर्यटकहरुलाई सहजताका लागि ३० जना बढी स्वयम परिचालन गरिने जिल्ला संयोजक विष्णु कार्कीले जानकारी दिएका छन् ।
संयोजक कार्कीका अनुसार युवा संघका केन्द्रीय उपाध्यक्ष विनय शाह नेतृत्वमा टिम बडीमालिका जान लागेको बताएका छन् । टिममा युवा संघका केन्द्र, प्रदेश र जिल्लाका नेताहरु पनि सहभागि हुनेछन् । ती बाहेक थप ३० जना स्वयम सेवक खटाइने कार्कीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस