बाजुरा : अछामका पदम परिवार यतिबेला जीवनको भिख मागिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका परिवार उपचारका लागि आर्थिक संकट परेपछि उनले आफू बाँच्न चाहने भन्दै जीवनको भिख मागिरहेका छन् ।
पदम परियार बचाउ अभियान मार्फत उनलेसबैसँग आर्थिक श्रोतको सहायता खोजिरहेका छन् । मानव सेवाका भावनाले सबैलाई ज्यान बचाउन अपिल गरिरहेका छन् । परिवारका दुबै मृगौलाले काम गर्न छोडेको छ ।
अछामको रामारोसन गाउँपालिका–४ बाटुलासैन स्थायी घर भई हाल कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलीमा बस्दै आएका पदम परियार यतिबेला विरामी शैयामा छन् । उपचारका लागि आर्थिक संकट परेपछि जीवन अहिले कठिन मोडमा पुगेका छन् ।
भारतको बेंगलोरमा मजदुरी गर्दै आएका परियारको अर्को कुनै आम्दानीको श्रोत छैन् । आम्दानी गर्ने ज्यान नै थलापरेपछि न परिवारलाई दैनिक गासबासको व्यवस्था गर्न सकेका छन् । न आफ्नो उपचारका लागि आर्थिक श्रोत जुटाउन सकेका छन् ।
मृगौलाले काम गर्न छोडेको दुई वर्ष बितिसकेको छ । डाइलासिस गराएर केही समय आफ्नो आयु लम्ब्याएका परियारलाई चिकित्सकले तत्काल मृगौला फेर्न सुझाव दिएका छन् । उनले केही समय देखि धनगढीस्थित नवजीवन अस्पतालमा नियमित डायलाइसिस गराइरहेका थिए ।
३८ वर्षीय परियारका दुई छोरा, एक छोरी र श्रीमति छन् । सबै बेरोजगार छन् । सिंगो परिवारकै साहरा परियार नै थिए । उनै थला परेपछि परिवार नै अलपत्र परेको छ । सहयोग विना डाइलासिसका लागि पनि अस्पताल पुग्ने र फर्किने अवस्था उनीसँग नभएको अवस्था छ ।
श्रीमति आफ्नो मृगौला दिन तयार छन् । तर उनले आफ्नो मिल्ने नमिल्ने चेकजाँच पछि मात्रै थाह हुने भएकोले नमिलेको अवस्थामा अरुका किनेर प्रत्यारोपण गर्ने अवस्था नै नरहेको दुखेसो गरेकी छन् । परिवार श्रोतका अनुसार पछिल्लो केही समयदेखि सामान्य भएपनि सहयोगी मनबहादुर सहयोग उपलब्ध भइरहेको बताएको छ ।
पत्रकार सागर परियार समेत पदम परियार बचाउन अभियानमा सक्रिय छन् । परिवारको अवस्था नै नाजुक भएकोले सबैसँग सहयोग माग्दै उपचारको आश अघि बढाएको सागरको भनाई छ । कृषि विकास बैकमा पदम परियारकै नाममा ०८२२३०५४८१५९५०१८ नम्बरको खाता खोजिएको छ । मनकारीहरुलाई परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस