बिहिबार, १५ साउन २०८२

बुढीनन्दामा भीरबाट लडेर एकको मृत्यु

बाजुरा : बुढीनन्दा नगरपालिकामा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुने बुढीनन्दा नगरपालिका–१ जमसाल बस्ने अन्दाजी ६१ वर्षीय मनीचन्द्र खत्री रहेका छन् ।

मंगलबार दिउँसो घाँस काट्न लेकमा गएका थिए । साँझ अबेरसम्म पनि घर नफर्किएपछि आफन्तले खोजतलास गर्दा सोही ठाउँको माङ्लेगौडा भीरबाट अन्दाजी एक सय मिटर तल खसेर घाइते अवस्थामा फेला परेका थिए ।

लडेर गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि कोल्टी अस्पताल पुरयाएईएको थियो । उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस