आइतबार, ११ साउन २०८२

बडीमालिकामा बन्यो जनसाँस्कृतिक महासंघको नगर कमिटी

बाजुरा  : बडीमालिका नगरपालिकामा राष्ट्रिय जनसाँस्कृतिक महासंघको पालिका कमिटी गठन गरेको छ । पालिका स्तरीय भेला मार्फत बसन्त विक अध्यक्ष रहने गरि बडीमालिका नगर कमिटी गठन गरिएको हो । जनसाँस्कृतिक महासंघ नेकपा एमाले निकट कलाकारहरु आवद्ध हुने जनसंगठन हो । 

नगर कमिटीको उपाध्यक्षमा निर्मला थापा, ईश्वरा ऐडी, सचिवमा सुमन विक, कोषाध्यक्षमा सर्मिला ऐडी र सहसचिवमा गोपाल सार्की, दिनेश रावल सहीत सर्वसम्मत कमिटी गठन गरिएको छ । कमिटीको सदस्यमा शेर बहादुर उखेडा, सुनिता रावल, सुदिप विक र सुरेन्द्र दानी छन् । 

महासंघका बाजुरा अध्यक्ष धिरेन विकको अध्यक्षतामा सञ्चालन भएको अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल रहेका थिए । अधिवेशनको रावलले नै उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य सिता बराल, जिल्ला कमिटी सदस्य दुर्गा थापा, माया खड्का, बडीमालिका नगर कमिटी अध्यक्ष राजेश पायल विक लगायतको सहभागीता रहेको थियो । उहाँहरुले कला साँस्कृतिको तर्फबाट सामाजिक रुपान्तरण र विकासमा योगदान गर्न सकिने विश्वास व्यक्त गरेका छन् । 

नेकपा एमालेका २३ वटा जनसंगठन छन् । ती मध्ये अनेरास्ववियु, जातीय मुक्ति मोर्चा, अनेमसंघ, युवा संघ सहीतका पालिका कमिटी बनेका छन् । भने पछिल्लो समय साँस्कृतिक महासंघले पनि आफ्नो कार्यक्षेत्र पालिका तहमा विस्तार थालनी गरेको हो । 

 

प्रतिक्रिया दिनुहोस