आइतबार, ११ साउन २०८२

सुदूरपश्चिममा स्थानीय सेवा ऐन कार्यान्वयनको माग गर्दै कर्मचारीहरूद्वारा सामूहिक ज्ञापनपत्र बुझाइयो

धनगढी:सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूले प्रदेश सरकारलाई स्थानीय सेवा ऐन, २०७९ तत्काल कार्यान्वयन गर्न माग गर्दै सामूहिक रूपमा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा प्रदेशभरका स्थानीय तहका कर्मचारीहरूको हस्ताक्षर गरिएको छ।

ज्ञापनपत्रमा भनिएको छ कि स्थानीय सेवा ऐन प्रदेश सभाबाट पारित भइसकेको र राजपत्रमा प्रकाशित समेत भइसकेको अवस्थामा समेत कार्यान्वयन प्रक्रिया अघि नबढ्दा कर्मचारीहरू अन्योलमा परेका छन्। संघीयता कार्यान्वयनको महत्वपूर्ण आधार मानिने स्थानीय सेवा ऐनको ढिलाइले कर्मचारी व्यवस्थापनमा अन्योल, असमानता र मनोबल गिरावट भइरहेको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमार्फत प्रदेश सरकारले चाँडोभन्दा चाँडो नियमावली निर्माण गरी ऐन कार्यान्वयन गर्नुपर्ने, लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना प्रक्रिया थाल्नुपर्ने र अस्थायी कर्मचारीहरूको समायोजन प्रक्रियामा स्पष्टता ल्याउनुपर्ने माग राखिएको छ।

प्रतिक्रिया दिनुहोस