बाजुरा : हिमाली गाउपालिका ५ किउडीबाट धुुलाचौर आउदै गरेको जीप टुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् ।मृत्यु हुनेमा हिमाली गाउपालिका ५ की ७६ बर्षिया बाजा रोकाया र सोही गाउँकी ७५ बर्षिया विजौरा रोकायाको घटनास्थलमै मृत्यु भएको स्थानिय अमलाल कार्कीले जानकारी दिएका छन् ।
किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र ।०३००१ज ०३३८ नम्बरको जीप दुर्घटना भएको सुचना प्राप्त भएको पत्रकार उमेश रोकायाले जानकारी दिएका छन् । जीपमा सवार यात्रुको संख्या घाईतेको विवरण आउन बाँकी रहेको रोकायाले बताए ।
दुई जना गम्भीर घाइते भएका छन भने १५ जना सामान्य घाइते भएका छन जिप सवार १९ जना रहेकोे छ, भने प्रहरीलाई खबर गरिएको छ । अहिलेसम्म घटना स्थलमा पुग्नु भएको छन । घाइतेको उद्धारका लागि पहल भैरहेको स्थानीय राज मलालले बताउनुभयो ।
दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी लिन खोज्दा जीप दुर्घटना भएको फोनको आधारमा सुनेको र दुर्घटनाको विवरण आउन बाँकी रहेको बताए । प्रहरी टोली दुर्घटना स्थल तिर गैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले बताए ।
प्रतिक्रिया दिनुहोस