बाजुरा ःहिमाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा कुलबहादुर थापाले जिम्मेवारी पाएका छन् । थापालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंले गत साउन ४ गते हिमाली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाएपछि बुधबार कार्यालयमा हाजिर भएका छन् ।
एक औपचारि कार्यक्रमकाबीच गाउँपालिकाका उपाध्यक्ष राजकला सार्की लगायत जनप्रतिनिधि र कर्मचारीले अबिर र दोसल्ला ओढाएर स्वागत र सम्मान गरेका छन् ।
मन्त्रालयले पालिकाको आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिएको छ । निमित्तको भरमा चलेको पालिकामा बल्ल प्रमुख प्रशासकीयको जिम्मेवारी लिएर थापा आएका छन् । अधिकृत थापाको गृह पालिका बुढीनन्दा नगरपालिका बाजुरा हो ।
प्रतिक्रिया दिनुहोस