शुक्रबार, १६ साउन २०८२

एमाले केन्द्रीय कमिटी बैठक : १८० जनाले राखे धारणा, विधान संशोधनमा २६४ सवाल सङ्कलन

काठमाडौँ : सत्तारुढ नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा १८० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्‌ ।केन्द्रीय सदस्यहरूले धारणा राखेपछि आयोगका अध्यक्षहरूले बोल्ने क्रम सुरु भएको छ । उनीहरूले बोलिसकेपछि प्रतिवेदन प्रस्तुत गर्ने नेताहरूले उनीहरूका प्रतिवेदन माथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।आयोगका अध्यक्षहरूलाई बोल्नको लागि सात मिनेटको समय दिइएको छ । तीनवटा आयोगका अध्यक्षहरूले आफ्नो धारणा राखेपछि नेताहरूले बैठकमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको बैठकका सहभागी एक नेताले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको सवालमा २६४ वटा सवाल सङ्कलन गरिएको छ । त्यसका आधारमा पार्टीले धारणा बनाउने र विधान अधिवेशनमा त्यसलाई प्रस्तुत गरेर छलफल पछि पास गर्ने तयारी छ ।

हिजो र आजको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले एमालेको ध्यान मिसन २०८४ मा जानुपर्ने बताएका छन्‌ । त्यस निम्ति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पार्टीलाई अघि बढाउनुपर्ने धारणा उनीहरूको छ ।

प्रतिक्रिया दिनुहोस