शुक्रबार, १६ साउन २०८२

साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड

काठमाडौं: आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ ।साउन भगवान शिवको महिना मानिन्छ र सोमबार प्रिय बार भएकाले यस दिन पशुपतिनाथमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको हो । यस दिन विशेषगरी आशुतोष भगवान शिवको पूजा तथा आराधना गरिन्छ ।

नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। तर पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवैअनुसार साउन महिनाका सोमबार विशेष भीड लाग्ने गर्दछ ।यस वर्ष साउन महिनामा चारवटा सोमबार परेको छ ।

प्रतिक्रिया दिनुहोस