शनिबार, २८ असार २०८२

कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी :कैलालीमा लागूऔषध खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक जीवन गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले भजनी नगरपालिका–५ लालबोझीस्थित सडकमा चेकजाँच गर्ने क्रममा लागू औषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भजनी नगरपालिका–४ का २५ वर्षीय मनोज चौधरी, सोही स्थानका २१ वर्षीय बिक्रम चौधरी र २८ वर्षीय हनुमान चौधरी तथा घोडाघोडी नगरपालिका–१२ का २१ वर्षीय विशाल चौधरी रहेका छन् ।
उनीहरूको साथबाट ५ ग्राम ६७० मिलिग्राम लागू औषध (खैरो हेरोइन), से ३ प ९२३६ र ग ६ प ८३७९ नम्बरका दुई वटा मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस