बाजुरा :बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रमा सिसी क्यामरा जडान कार्य सुरु गरिएकाे छ । नगरपालिकाले दुनी हाट बजार र माथिल्लो बजारका मुख्य ठाउँमा सिसी क्यामरा जडान गरिएकाे छ।
दुनी हाट बजार,डिआर मष्ट नजिक,डिभिजन वन कार्यालय र लोकतान्त्रिक चोक गरी चार ठाउँमा सिसी क्यामरा जडान गरिएको छ । मार्तडी बजार चोरी डकैती लगायतका कार्यलाई नियमन गर्ने उदेस्यले सिसी क्यामरा जडान गर्न थालिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन ।
बजार क्षेत्रको शान्ति सुरक्षा कायम गर्न सिसी क्यामरा जडान कार्य भईरहेको नगर प्रमुख खड्काले बताए । अहिले केही स्थानमा जडान कार्य भइरहेको भए पनि पछिल्लो आर्थिक बर्ष थप गर्ने बताउनु भएकाे छ ।
प्रतिक्रिया दिनुहोस