मङ्गलबार, १७ असार २०८२

शैक्षिक अधिकारमाथि हस्तक्षेप ? वडा अध्यक्ष द्वारा OJT  हाजिरी प्रमाणिकरण अस्वीकार  वडा सचिब सम्पर्कविहीन

गौरव विष्ट : बुढीगंगा नगरपालिका वडा नं ५ मा अवस्थित श्री भानोदय मा.वि.मा कक्षा ९ देखि १२ सम्म पढाइ हुने पशु विज्ञान विषय अन्तर्गत तीन महिने OJT (On the Job Training) तालिम सकेका विद्यार्थी विष्ट प्रमाणिकरणका लागि वडा कार्यालय पुगेका थिए। तर, वडा नं. ७ का अध्यक्ष भूवन केसीले प्रमाणित गर्न अस्वीकार गरेका छन् । 

विद्यालय तथा बुढीगंगा नगरपालिकाको संयुक्त समन्वय  मा उनलाई OJT  गर्न वडा नं 7 मा सिफारिस  गरेका थिए।वडा कार्यालय पुगेका विष्टले आफैंले तालिम गरेको वडामा प्रमाणिकरण नपाउँदा आफू अन्यायमा परेको बताएका छन्। “सवै प्रक्रिया पूरा गरेर प्रमाणिकरणको लागि पुगेको थिएँ,

विष्टका  अनुसार OJT सकिएपछि हाजिरी प्रमाणित गराउन वडा कार्यालय पुगेको थिए। तर वडा अध्यक्षले कुनै स्पष्ट कारण नदेखाई प्रमाणित गर्न मानेनन्।
प्रमाणिकरणका लागि आवश्यक हस्ताक्षर गर्ने वडा सचिव समेत कार्यालयमा अनुपस्थित थिए। “सचिवलाई पटक–पटक फोन गरेँ, तर फोनसमेत उठाएनन्,”अर्कोतर्फ, वडा सचिव कार्यालयमा अनुपस्थित थिए र फोन सम्पर्क गर्दा समेत फोन उठेन । “वडा सचिवको जिम्मेवारी वडा कार्यालयमा बसेर सेवा दिनु हो, तर सचिव नै थिएनन्,” 

घटनापछि विद्यार्थी, अभिभावकले  वडा कार्यालयको गैरजिम्मेवारी व्यवहार प्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूले विद्यार्थीका हकहितको रक्षा गर्न र तत्काल प्रमाणिकरण प्रक्रिया सहज बनाउन माग गरेका छन्। वडा अध्यक्षले यस बारे आफ्नै कुनै संलग्नता र अटेरी नरहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस