मङ्गलबार, १७ असार २०८२

जगन्नाथ गाउँपालिकाले ३१ करोड ७२ लाखको बजेट पारित, उत्कृष्ट किसान, शिक्षक, कर्मचारी र विद्यार्थीहरू सम्मानित

बाजुरा :  बाजुराको जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १६औं अधिवेशनले आर्थिक वर्ष २०८२र८३ का लागि कुल ३१ करोड ७२ लाख २४ हजार ६ सय ३२ रुपैयाँ ९अक्षरूपीस् एकतीस करोड बहत्तर लाख चौबिस हजार छ सय बत्तिस मात्र० को बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

यस वर्षको बजेटमा गाउँपालिकाले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार, प्रशासन तथा सुशासनलाई प्राथमिकता दिएको छ। बजेट विवरण अनुसार आर्थिक विकासका लागि ४ करोड ३१ लाख, सामाजिक विकासका लागि १३ करोड ७३ लाख ७७ हजार, पूर्वाधार विकासमा ४ करोड ३० लाख ७९ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ५३ लाख र कार्यालय सञ्चालन तथा प्रशासनमा ८ करोड ८३ लाख ६८ हजार ६ सय ३२ रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा ल्याइएको नीति तथा कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्वहरूलाई नगद पुरस्कारद्वारा सम्मान गर्ने निर्णय गरेको छ। यस अन्तर्गत उत्कृष्ट कृषि तथा पशुपालन व्यवसायी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा खेलकर्मीहरूलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो।

शिक्षकतर्फ नन्द बहादुर बिष्ट, कर्मचारीतर्फ जय बहादुर साँउद, कृषकहरूमा बृख रोकाया, जयकर्ण बडुवाल, बिरबल सार्की र शक्क शाही, पशुपालनतर्फ दमन बहादुर शाही, धनरुप सार्की र धनमल सार्की सम्मानित भएका छन्।

त्यसैगरी, कक्षा ५ मा उत्कृष्ट नतिजा ल्याएकी सोनिया गिरी र कक्षा ८ का धर्मेन्द्र दमाईलाई समेत पुरस्कृत गरिएको छ। साथै, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी अस्मिता टमट्टालाई पनि नगद पुरस्कार प्रदान गरिएको छ।

गाउँपालिकाले जनउत्तरदायी, पारदर्शी र समावेशी विकासलाई प्राथमिकता दिँदै आगामी वर्षका योजनाहरू कार्यान्वयन गरिने प्रतिबद्धता जनाएको छ।पालिका अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा सभा सञ्चालन गरिएको छ। सभामा उपाध्यक्ष मरुकला विष्टले प्रस्तुत गर्नु भएको हो । सभा सञ्चालन प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस