बाजुरा :आप्रवासन सेवा केन्द्र सामीले सुरक्षित वैदेशिक रोजगारी बारे संचारकर्मी संग अन्तरकृया गरेका छन् । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन आग्रह गर्नु भउको छ । बडीमालिका नगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा आप्रवासन सेवा केन्द्र सामीको समन्वयमा १दिने अन्तरकृया कार्यक्रम गरेका थिए ।
औपचारिक कार्यक्रमको आयोजना गरि जिल्ला स्थीत विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरु संग सुरक्षित वैदेशिक रोजगारीका बारेमा संग छलफल गरिएकोे हो ।वैदेशिक रोजगारीको विषयमा पर्याप्त सूचनाको तथा प्रमाण सङ्कलनको अभावले ठगिने र न्यायमा पहुँच पुग्ने भएपछि समुदाय तहमा पुगेर रोजागरीको लागि विदेशिने सम्भावित युवा र तिनका परिवारलाई सचेत गराउन कार्यक्रमको उदेस्य बताए ।
स्थानीय तहको नेतृत्व, स्थानीय सेवा प्रदायक संस्था विवाइसीको स्थानीय व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना ९सामी० अन्र्तगत ती स्थानीय तहको टोल टोलमा पुगेर वैदेशिक रोजगारमा रहेका परिवारका सदस्य र सम्भावित युवालाई सचेत गराउन थालेको सामी परियोजना अधिकृत लक्ष्मी चौधरीले बताईन् । उनका अनुसार वैदेशिक रोजगारीले देशमा गरीबी घटाउन ठूलो योगदान रहेको छ।
रोजगारलाई सुरक्षित मर्यादित र उपलब्धिमूलक एवं शोषणरहित बनाउन सुरक्षित आप्रवासन परियोजना सामी कार्यक्रम बडीमालिका नगरपालिकाको साझेदारी र हेल्भेटासको प्राविधिक सहयोगमा संचालन भैईरहेको बताए । बाजुराका अन्य स्थानिय तहमा भने सो कार्यक्रम संचालन नभएको बडीमालिका नगरपालिका रोजगार सेवा केन्द्रका संयोजक प्रमिला थापाले बताउनुभएको छ ।
रोजगार सेवा केन्द्र संयोजक प्रमिला थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष संगिता तिमिल्सेना रहनुभएको थियो । रोजगार सेवा केन्द्र सहायक दलबहादुर दानीले संचालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य आप्रवासन सेवा केन्द्र ९सामी० कार्यक्रमका प्रमुख प्रकाश खड्काले राख्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थीत पत्रकारहरुको सहभागिता रहेको थियो । भने कार्यक्रमको पशिक्षण आप्रवासन सेवा केन्द्र ९सामी० कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस