सोमबार, ०९ असार २०८२

खोलाले बगाएर एक जना बेपत्ता

बाजुरा: गौमुल गाउँपालिकामा एक जनालाई खोलाले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही गाउँपालिका वडा नं ३ का निवर्तमान वडा सदस्य अन्दाजी बर्ष ४५ का धन बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ  ।

धन बहादुर लगायत स्थानीयहरु घट्टको पाथर तार्ने क्रममा खोला पारी गएको बेला एकाएक रौधीखोला उर्लेर आएको थाहा नभएपछि उनलाई बगाएको स्थानियले बताउनु भएको छ  । उनि संगै अर्का एक जना भने सकुशल रहेको वडा अध्यक्ष  गाेरख बोहराले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस