सोमबार, ०९ असार २०८२

मुक्त हलिया सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यशाला सम्पन्न

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको आयोजनामा


राजेन्द्र विक/ बाजुरा: बडिमालिका नगरपालिका स्तरीय एकदिने वकालत अन्तरक्रिया कार्यशाला सम्पन्न भएको छ।स्थानीय देखि बिश्वब्यापी मानव अधिकार वकालत मार्फत नेपालमा सिमान्तकृत समुदाय र सामाजिक रुपमा बहिस्कृत जनसंख्याको सशक्तिकरण एलटुजि परियोजना अन्तरगत सो कार्यशाला संचालन भएको थियो। पालिका स्तरीय कार्यशालामा मुक्त हलिया पुनः स्थापना कार्यबिधिको अनुमोदन,स्रोत विनियोजन,स्रोत परिचालन र मुक्त हलिया समुदायको सार्वजनिक सेवाहरुमा पहुँच सुधार गर्न स्थानिय दलित नागरिक ,र मिडिया संगको सहकार्यमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल बाजुराका सामाजिक परिचालक जन्सरी शार्किले बताउनुभयो।
बडिमालिका नगरपालिका स्तरीय मुक्त हलिया संजालका अध्यक्ष सन्तोष विकको अध्यक्षतामा भएको कार्यशाला कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का,उपप्रमुख नन्दा थापा,९ ओटै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य,पत्रकार तथा स्थानिय सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।
बडिमालिका नगरपालिकाको समन्वयमा संचालित सो वकालत अन्तरक्रिया कार्यशालामा मुक्त हलियाका सवाल,समस्या र मुद्धा बारे छलफल हुनुका साथै राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले पालिकामा संचालन गर्दै आएको कार्यक्रम र आगामी योजना बारे परिचालिका जन्सरी शार्किले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरुले हलियाहरुको समस्या समाधानका लागि आवश्यक योजना निर्माण गरि कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अमर खड्काले पालिकाको तर्फ बाट हलियाको कार्यबिधी पास गरि आर्थिक बर्ष ०८२र०८३मा हलियाको लागि आबश्यक बजेट बिनियोजन गर्ने प्रतिद्धता सहित तथ्यांक संकलनको कार्य यथाशीघ्र अगाडि बढाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस