मङ्गलबार, १७ असार २०८२

जनप्रतिनिधि र कर्मचारीबाट बाम्का बजारका अग्नीपीडितलाई डेढ लाख सहयोग

बाजुरा: बडीमालिका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले बाम्का बजारका आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् ।  शनिवार फालासैनमा बुढीगंगा र बडीमालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त बैठक बसी सोही ठाउँ एक लाख ५५ हजार पाचँ सय ५५ रुपियाको चेक हस्तान्तरण गरिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताए।
 नगर प्रमुख खड्काले पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको तर्फबाट आर्थिक सहयोग गरिएको बताए । उक्त रकमको चेक राहत संकलन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको बडिमालीका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले बताएका छन् ।
आगलागी पीडितका लागि हालसम्म करिब ८० लाख रकम संकलन भएको बताइएको छ । २०८२ जेठ २३ गते दिउँसो भएको भीषण आगलगीबाट पीडितका लागिविभिन्न व्यक्ति तथा संस्थाबाट आर्थिक सहयोग भइरहेको छ ।
बाम्का बजारका आगलागी पीडितहरुका लागि अहिले पनि विभिन्न निकाय तथा व्यक्तिबाट राहत संकलन भइरहेको छ । आगलागीबाट ध्वस्त भएको बाम्का बजारलाई पुरानै स्वरुपमा ल्याउन धमाधम टहरा निर्माण कार्य  भइरहेको छ ।
नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन केहीमा आंशिक क्षति भएको छ । त्यस्तै उक्त आगलागीबाट कम्तिमा १९ करोड भन्दा बढिको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस